भन्सार एजेन्टको आन्दोलन फिर्ता, माग कार्यान्वयन गर्दै जाने विभागको निर्णय « Khabarhub

भन्सार एजेन्टको आन्दोलन फिर्ता, माग कार्यान्वयन गर्दै जाने विभागको निर्णय


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पेन डाउन गरेर आन्दोलनमा उत्रिएका भन्सार एजेन्टहरूले आन्दोलन फिर्ता लिएका छन् । 

बुधबार भन्सार एजेन्ट महासंघ र भन्सार विभागबीच भएको वार्तामार्फत आन्दोलनमार्फत उठाइएका माग सम्बोधन गर्ने सहमति भएपछि एजेन्टहरूले आन्दोलन स्थगित गरेका हुन् ।

भन्सार ऐन २०८२ मा समावेश गरिएका कतिपय प्रावधानहरूले भन्सार एजेन्टहरूको पेशागत हकहित, काम गर्ने सहजता तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा समेत नकारात्मक असर पुर्‍याउने वातावरण सृजना भएको हुँदा विरोध स्वरूप भन्सार एजेन्ट महासंघ नेपालले आन्दोलन सुरु गरेको र विभागसँग छलफल भई सकारात्मक रूपमा महासंघका माग सम्बोधन भएकाले पेन डाउन कार्यक्रम फिर्ता लिएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

भन्सार विभागले पनि बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै विभाग र सम्बन्धित कार्यालयबाट सम्बोधन हुने माग क्रमशः कार्यान्वयन गर्दै जाने र नियमावलीमार्फत सम्बोधन गर्नुपर्ने उपयुक्त विषयमा अर्थ मन्त्रालयमा अवगत गराउने जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  २ : ५० बजे

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६