च्याङ्ग्रे पोखरी–पञ्चकन्या क्षेत्रको विकासमा समुदायबाट पनि सहयोग जुट्दै « Khabarhub

च्याङ्ग्रे पोखरी–पञ्चकन्या क्षेत्रको विकासमा समुदायबाट पनि सहयोग जुट्दै


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– पौवादुङमा गाउँपालिकाको सेवा केन्द्रस्थित च्याङ्ग्रे पोखरी तथा पञ्चकन्या मन्दिर परिसरमा विभिन्न भौतिक संरचना निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । धार्मिक, सांस्कृतिक तथा आन्तरिक पर्यटनको दृष्टिले महत्वपूर्ण मानिने यस क्षेत्रलाई आकर्षक रूपमा विकास गर्न स्थानीय तहले निरन्तर सक्रियता बढाएको हो । 

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गाउँपालिकाको साझेदारीमा निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले समयमै काम सम्पन्न नगरेपछि ठेक्का खारेज गरी नयाँ प्रक्रियाबाट थप संरचना निर्माण अघि बढाइएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । 

ठेकेदारका कारण निर्माणको काम अधुरो बनेपछि आवश्यक संरचना निर्माण गर्न आम नागरिकलाई सहयोगका लागि आह्वान गरिएको अध्यक्ष राईले बताए। यो धार्मिक, सांस्कृतिक र ऐतिहासिक क्षेत्र विकासमा नागरिकस्तरबाट पनि सहयोग प्राप्त हुन थालेको अध्यक्ष राईको भनाइ छ ।

‘केन्द्र सरकारसँग मिलेर हामीले यो धार्मिक क्षेत्रको संरक्षण थालेका हौँ’, अध्यक्ष राईले भने, ‘पोखरी संरक्षणसँगै घेराबारको काम सकिएको छ, पोखरी वरपर थप संरचना निर्माणका लागि स्थानीय नागरिकलाई सहयोगका लागि आग्रह गरेका छौँ, सहयोगसमेत प्राप्त भइरहेको छ ।’

गाउँपालिकाले च्याङ्ग्रे पोखरी र पञ्चकन्या मन्दिर क्षेत्रलाई छिटो सम्पन्न गरी पौवादुङमालाई आकर्षक धार्मिक तथा आन्तरिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।

गाउँपालिकाले सहयोगको लागि आह्वान गरेसँगै पोखरी परिसरमा फलामबाट निर्मित आराम बेन्च स्थापनाका लागि दलबहादुर थापा, काजीमान थापा, ज्ञानु राई, दिपेन पोमु, सन्तवीर लिम्बू (सन्तोष तिगेला), योगराज गाउँले, मनोज राई, दिपेनकुमार खत्री, सन्तोष चाम्लिङ, भक्तजङ राई, पवित्रा भुजेल, पुष्प धिमाल, गीता ढकाल र जनक सापकोटालगायतले सहयोग गरेका छन् । 

गाउँपालिकाले उनीहरूप्रति कृतज्ञता व्यक्त गर्दै आगामी निर्माण कार्यमा समेत निरन्तर साथ–सहयोगको अपेक्षा राखेको छ । पञ्चकन्या क्षेत्रको समग्र विकासका लागि पञ्चकन्या मन्दिर, भोजपुर लिजेन्ड पार्क, च्याङ्गे पोखरी चिल्ड्रेन पार्क, खुल्ला व्यायामशाला, ढुङ्गाका धार्मिक मूर्ति तथा अन्य भौतिक संरचना क्रमशः निर्माण हुँदैछन् । 

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  २ : ५५ बजे

इलामको सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

इलाम– सूर्योदय नगरपालिकामा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरुआत गरिएको

झापामा चन्द्रगढी महिला गोल्डकप हुँदै

झापा– भद्रपुरस्थित मेची रङ्गशालामा चन्द्रगढी महिला गोल्डकप आगामी वैशाख ५

रसुवाको गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

रसुवा– डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः

कलाकार समेत रहेका प्रधानमन्त्री बालेनको सुधार सूचीमा किन परेन फिल्म क्षेत्र ?

काठमाडौँ- चलचित्र विकास बोर्डको तथ्याङ्क हेर्दा वार्षिक रुपमा औसत ६०

इरानको तेल नियन्त्रणमा लिने ट्रम्पको चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेल नियन्त्रणमा लिन सक्ने