दुई कार्यकाल फर्काएर एमाले सामूहिक नेतृत्वमा चल्नुपर्छ : गोकर्ण विष्ट « Khabarhub

दुई कार्यकाल फर्काएर एमाले सामूहिक नेतृत्वमा चल्नुपर्छ : गोकर्ण विष्ट


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले एघारौँ महाधिवेशनमा भदौ २३ र २४ पछिको परिस्थितिको समीक्षा गर्दै नयाँ दृष्टिकोण बनाउनुपर्ने बताएका छन् ।

बुधबार एमालेको एघारौँ महाधिवेशनका सन्दर्भमा काठमाडौँ आयोजित अन्तर संवादमा पार्टीलाई थप गतिशिल बनाउन आन्तरिक जनवादलाई बलियो बनाउनुपर्ने उनले बताए ।

‘लोकतन्त्रमा जनताले जहिल्यै आशा गरिरहने अवस्था हुन्थ्यो तर हामीले दुई कार्यकालको व्यवस्था हटाउँदा त्यसमा पनि समस्या भयो’, उनले भने, ‘अब हामीले आगामी महाधिवेशनबाट दुई कार्यकालको व्यवस्था पुनः कायम गरेर प्रभावकारी बनाउनुपर्छ । त्यसमा हामी सफल हुनेछौँ ।’

जति धेरै सुशासनमा जोड दिएर सफलता मिल्छ, युवा पुस्ताको आकर्षण त्यति नै हुने बताएका छन् । दशौँ महाधिवेशनपछिका निर्णय र कामको समीक्षा गर्नुपर्ने पनि उनले उल्लेख गरेका छन् ।

विष्टले २०७९ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी गठबन्धन गरेर एमाले नेतृत्वले अवसरवाद देखाएको पनि बताए ।

‘सरकारमा जान कांग्रेस, माओवादी, रास्वपा, राप्रपासहितका दलसँग जसरी सहकार्य गरियो । यसले अवसरवादको चरम नमुना प्रदर्शन भयो’, उनले भने ।

नयाँ पुस्ताले एमालेमा हस्तक्षेप र प्रतिनिधित्व चाहेका उनले बताए । ‘४० मुनिका तर्फबाट कोटा नै निर्धारण गरेर केन्द्रीय सदस्य बनाउन पहल गरिन्छ’, उनले भने, ‘अब महाधिवेशनमा कोही प्राविधिक रूपमा पराजित भए उनीहरूले पनि जिम्मेवारी पाउनेछन् । आग्रह र पूर्वाग्रहको व्यवहार हुने छैन ।’

समयले नेतृत्व हस्तान्तरको माग गरिरहेको उनले बताएका छन् । विष्टले एमालेमा सामूहिक नेतृत्व अहिलेको आवश्यकता रहेको पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ३ : २० बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको