निर्वाचनको परिणामलाई स्वीकार्छु, पार्टी छोड्दिन : ईश्वर पोखरेल « Khabarhub

निर्वाचनको परिणामलाई स्वीकार्छु, पार्टी छोड्दिन : ईश्वर पोखरेल


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको एघारौँ महाधिवेशनमा प्रतिस्पर्धा गरेको परिणामलाई स्वीकार गर्ने बताएका छन्। 

बुधबार काठमाडौँमा पत्रकारसँग अन्तरक्रिया गर्दै पोखरेलले जित्दा मात्रै खुसी हुने होइन जित्न नसक्दा पनि त्यसलाई स्वीकारेर अगाडि बढ्नुपर्ने बताए। 

‘भीम रावल र माधव नेपाल जस्तो दृष्टान्त हाम्रो हकमा लागू हुँदैन हामी प्रतिस्पर्धा गर्छौं यदि विजय नभए पनि एमालेको पक्षमा एमाले भएर रहिरहन्छ।’ उनले भने, ‘प्रतिस्पर्धा गरिन्छ भने त्यसको परिणामलाई स्वीकार्न हामीलाई पनि आउँछ। बाम एकताको पक्षमा हामीहरू छौँ। पार्टी छाडेर जाने कुरा आफूहरूले सोचेको छैन।’

उनले आफूलाई कमजोर बनाउनका लागि बजारमा अनेक किसिमको हल्लाहरू गरिएकाले त्यसको पछाडि नलाग्न समेत आग्रह गरेका छन्। पोखराले पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यताबारे अब पनि कुरा उठ्ने समेत दाबी गरेका छन्। 

उनले संविधान पार्टी विधान विश्वको अभ्यासले नै भण्डारीको सदस्यता रोक्न नसक्ने भन्दै उनले यो विषय पार्टीको एजेण्डा भएको समेत दाबी गरेका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ४ : २३ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली