सुरुमै धराशायी बन्यो काठमाडौंको ब्याटिङ, लुम्बिनीले पाँचौँ ओभरमै लियो ४ विकेट « Khabarhub

सुरुमै धराशायी बन्यो काठमाडौंको ब्याटिङ, लुम्बिनीले पाँचौँ ओभरमै लियो ४ विकेट


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार जारी एलिमिनेटर खेलमा लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गोर्खाजको ब्याटिङ सुरुमै धराशायी बनेको छ ।

खेल ४ ओरभको पहिलो बलमा पुग्दा काठमाडौं ४ विकेटको क्षतिमा १४ रनको दयनीय अवस्था बनाएको छ । 

चौथौ विकेटका रुपमा ओपनर बेन चाल्सवर्थ आउट भएका हुन् । उनले ५ बल समान गरेर ४ रन बनाए । उनी लुम्बिनीका रुबेन ट्रम्पेलम्यानको बलमा निरोशन डिकवेलामार्फत् क्याच आउट भएका हुन् ।

तेस्रो विकेटका रुपमा मिलिन्द कुमार आउट भएका हुन् । शेर मल्लको बलमा बोल्ट भएका उनले ८ बलमा २ रन बनाए ।

दोस्रो विकेटका रुपमा सन्नी पटेल आउट भएका हुन् । खेल २ ओभरको पहिलो बल पुग्दा सन्नी पटेल लुम्बिनीका रुबेन ट्रम्पेलम्यानको एलबीडब्ल्यू धरापमा परेका हुन् । उनले ६ बल सामना गर्दा १ छक्का प्रहार गर्दै ७ रन बनाए ।

पहिलो विकेटका रुपमा दोस्रो ओभरको पहिलो बलमा काठमाडौंका ओपनर आकाश त्रिपाठी लुम्बिनीका शेर मल्लको शिकार भएका हुन् । उनले ५ बल समान गर्दा १ रन जोडे ।

सुरुवाती ४ ब्याटर दोहोरो अंक नजोडी आउट भएका हुन् । रुबेन र शेरले समान २(२ विकेट लिएका छन् ।

त्रिवि अन्र्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर काठमाडौंले पहिला ब्याटिङ राजेको हो ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ४ : २५ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।