सुरुमै धराशायी बन्यो काठमाडौंको ब्याटिङ, लुम्बिनीले पाँचौँ ओभरमै लियो ४ विकेट « Khabarhub

सुरुमै धराशायी बन्यो काठमाडौंको ब्याटिङ, लुम्बिनीले पाँचौँ ओभरमै लियो ४ विकेट


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार जारी एलिमिनेटर खेलमा लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गोर्खाजको ब्याटिङ सुरुमै धराशायी बनेको छ ।

खेल ४ ओरभको पहिलो बलमा पुग्दा काठमाडौं ४ विकेटको क्षतिमा १४ रनको दयनीय अवस्था बनाएको छ । 

चौथौ विकेटका रुपमा ओपनर बेन चाल्सवर्थ आउट भएका हुन् । उनले ५ बल समान गरेर ४ रन बनाए । उनी लुम्बिनीका रुबेन ट्रम्पेलम्यानको बलमा निरोशन डिकवेलामार्फत् क्याच आउट भएका हुन् ।

तेस्रो विकेटका रुपमा मिलिन्द कुमार आउट भएका हुन् । शेर मल्लको बलमा बोल्ट भएका उनले ८ बलमा २ रन बनाए ।

दोस्रो विकेटका रुपमा सन्नी पटेल आउट भएका हुन् । खेल २ ओभरको पहिलो बल पुग्दा सन्नी पटेल लुम्बिनीका रुबेन ट्रम्पेलम्यानको एलबीडब्ल्यू धरापमा परेका हुन् । उनले ६ बल सामना गर्दा १ छक्का प्रहार गर्दै ७ रन बनाए ।

पहिलो विकेटका रुपमा दोस्रो ओभरको पहिलो बलमा काठमाडौंका ओपनर आकाश त्रिपाठी लुम्बिनीका शेर मल्लको शिकार भएका हुन् । उनले ५ बल समान गर्दा १ रन जोडे ।

सुरुवाती ४ ब्याटर दोहोरो अंक नजोडी आउट भएका हुन् । रुबेन र शेरले समान २(२ विकेट लिएका छन् ।

त्रिवि अन्र्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर काठमाडौंले पहिला ब्याटिङ राजेको हो ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ४ : २५ बजे

दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जाको पर्खाइमा

दैलेख– कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल