सहमति नभए स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयन हुन्छ : सचिव अर्याल « Khabarhub

सहमति नभए स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयन हुन्छ : सचिव अर्याल


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव पद्मा अर्यालले पार्टीको आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा सहमति नभए स्वच्छ प्रतिस्पर्धाबाट आगामी नेतृत्व चयन हुने बताएकी छन् ।

प्रेस चौतारी नेपालद्वारा बुधबार आयोजित अन्तरसंवाद कार्यक्रममा उनले महाधिवेशनमा अध्यक्षलगायत पदमा आकाङ्क्षीहरू हुनु सुखद पक्ष भएको उल्लेख गर्दै ती आकाङ्क्षीलाई महाधिवेशनका प्रतिनिधिले विधिसम्मत प्रक्रियाबाट हल गर्ने बताइन्। 

सचिव अर्यालले पार्टीभित्र सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीको शैली चल्दै आएको बताउँदै निर्णय हुनुपूर्व छलफल हुने र निर्णय भएपछि त्यसको पालना हुनुपर्ने स्पष्ट पारिन्।

 गत भदौ २०-२२ मा सम्पन्न दोस्रो विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदनलगायत दस्तावेजमा छलफल भइसकेकाले अहिलेको राष्ट्रिय महाधिवेशनमा दस्तावेजमाथि छलफल नहुने उनले उल्लेख गरिन्।

बन्दसत्रको सञ्चालन अध्यक्ष मण्डलको विधिबाट हुने उनको भनाइ छ । एमालेको ११ औँ महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म हुँदैछ ।
 

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ५ : ११ बजे

लाओसविरुद्धको खेलका लागि टोली घोषणा : अञ्जन विष्ट अटाएनन्

काठमाडौँ – मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले सर्वाधिक १३ गोलको कीर्तिमान

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली– कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ

आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी

काठमाडौँ– सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको

लहान नगरपालिकाका कर्मचारीले चार महिनादेखि तलब पाएनन्

सिरहा– सिरहाको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार

विशाल लक्ष्यमा मुम्बईको जित : बने महत्त्वपूर्ण रेकर्ड

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले ऐतिहासिक जित