दोस्रो क्वालिफायर खेल्न काठमाडौंले लुम्बिनीलाई दियो ११२ रनको सहज लक्ष्य « Khabarhub

दोस्रो क्वालिफायर खेल्न काठमाडौंले लुम्बिनीलाई दियो ११२ रनको सहज लक्ष्य


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार जारी एलिमिनेटर खेलमा लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गोर्खाजको ब्याटिङ सुरुमै धर्माराउदा ११२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

खेल ९ ओरभको पाँचौ बलमा पुग्दा काठमाडौंले सुरुवाती ५ ब्याटर ५० रनको दयनीय अवस्थामा सस्तैमा गुमाएको थियो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ राजेको काठमाडौंले सुरुवातदेखि नै लय बिगारेर १९ ओभरमा १११ रन बनाउँदै सबै विकेट गुमाएको हो ।

यो जारी सिजनकै सबैभन्दा कमजोर लक्ष्य हो । यसअघि लिग चरणको २७ औं खेलमा चितवन राइनोजले पोखराविरुद्ध १२० रनको कमजोर लक्ष्य दिएको थियो ।

यो खेलको विजेताले अब दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित टिम विराटनगर किङ्ससँग खेल्नेछ । दोस्रो क्वालिफायर विजेताले उपाधिका लागि सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ ।

इलिमिनेटरमा पराजित एनपीएल २ को चौथौं बन्दै प्रतियोगिताबाट बिदा हुनेछ ।

इलिमिनेटरमा काठमाडौंका दुवै ओपनरले दोहोरो रन बनाउन सकेनन् । पहिलो विकेटका रुपमा दोस्रो ओभरमा आउट भएका आकाश त्रिपाठीले ५ बलमा १ रन जोडे ।

चौथो विकेटका रुपमा ४ ओभरको पहिलो बलमा आउट भएका बेन चाल्सवर्थले ४ रन बनाए । उनले ५ बल सामान गरे ।

पहिलो विकेट गुमेपछि क्रिजमा आएका सन्नी पटेल तेस्रो दोस्रो विकेटका रुपमा ७ रन जोडेर सस्तैमा आउट भए । उनी ६ बल सामाना गरेर २ ओभरको पहिलो बलमा आउट भए ।

तेस्रो विकेटका रुपमा मिलिन्दा कुमार ८ बल सामना गरेर २ रन बनाएर आउट भए ।

१० औं ओभरमा लुम्बिनीका कप्तान रोहित पौडेलले २ विकेट लिए । उनले ९ ओभरको पहिलो बलमा भीम सार्की र पाँचौ बलमा जोन सिम्पसनलाई आउट गराए ।

भीमले १६ बलमा १४ र सिम्पसनले १७ बलमा १८ रन जोडे । ६ विकेटको क्षतिमा ५१ रनको संकटपूर्ण अवस्थामा थियो ।

काठमाडौंबाट सर्वाधिक रन बनाउने सन्दीप यादव हुन् । रन आउट भएका सन्तोषले १७ बलमा २३ रन जोडे । मोहम्मद आदिल आलमले १८ रन जोडे । यी दुईको ब्याटिङले काठमाडौंका इनिङ थोरै भए पनि उकासिएको हो ।

बलिङतर्फ लुम्बिनीका शेर मल्ल र कप्तान रोहित पौडेलले सर्वाधिक ३ विकेट लिए । मल्लले ओपनर आकाश त्रिपाठी र मिलिन्दा कुमारको महत्त्वपूर्णसहित ३ विकेट लिए ।

रोहितले भीम सार्कीको महत्त्वपूर्णसहित ३ विकेट लिएका हुन् । रुबेन ट्रम्पेलम्यानले ओपनर बेन चाल्सवर्थ र सन्नी पटेलको महत्त्वपूर्णसहित २ विकेट लिए । अभिनास गौतमले १ विकेट लिए ।

खेलका थप तस्बिरहरु :

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ५ : ३५ बजे

दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जाको पर्खाइमा

दैलेख– कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल