प्रभुका अर्का उच्च अधिकारी पक्राउ, बैंकिङ कसुरमा तानिए रेमिट्यान्स विभाग प्रमुख शाक्य « Khabarhub

प्रभुका अर्का उच्च अधिकारी पक्राउ, बैंकिङ कसुरमा तानिए रेमिट्यान्स विभाग प्रमुख शाक्य


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गत थप कसूरमा संलग्न रहेको आरोपमा प्रभु बैंक लिमिटेडका रेमिटेन्स विभाग प्रमुख सुगेन (सुजित) शाक्य पक्राउ परेका छन्।

उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिएपछि शाक्यलाई बुधबार ललितपुर महानगरपालिका-११, ईखांछेबाट पक्राउ गरिएको हो । उनीमाथि थप अनुसन्धान जारी रहेको ब्यूरोले जनाएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार शाक्यले नियमविपरीत प्रभु म्यानेजमेन्ट प्रालीलाइ सुपर एजेन्ट बनाइ रेमिट्यान्स कारोबारका लागि एड्भान्स रकम उपलब्ध गराएका थिए।

उक्त कम्पनीसँग रेमिट कारोबार नै रोकिएको अवस्थामासमेत नेपाल राष्ट्र बैंकको निर्देशनविपरीत लामो समयसम्म उक्त रकम स्वार्थ समूहले प्रयोग गर्न दिँदा प्रभु बैंकलाई करिब ८ करोड ९३ लाख रुपैयाँभन्दा बढी हानी पुगेको प्रारम्भिक अनुसन्धानमा देखिएको सीआईबीले जनाएको छ।

यसभन्दा बाहेक त्यही कार्यलाई लुकाउन कर्जा प्रवाह गरी कर्जा दुरुपयोग गर्ने प्रक्रियामा प्रभु बैंकका सीईओ अशोक शेरचसमेत संलग्न भएको आरोपमा पक्राउ गरेर अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

रेमिट कारोबारका क्रममा प्री-फन्डिङ दिने कानुनी प्रावधानको दुरुपयोग गरी स्वार्थ समूहलाई फाइदा हुने गरी नियम विपरीत रकम उपलब्ध गराएको सीआईबीले जनाएको छ।

त्यस वापत बैंकले लिनुपर्ने ब्याजसमेत नलिएका कारण बैंकलाई एक अर्ब रुपैयाँभन्दा बढी हानी पुगेकोसमेत अनुसन्धानमा खुल्न आएको बताइएको छ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ५ : ५२ बजे

चुनावका कारण फागुन १ बाट सर्‍यो ‘कल्ली’, अझै छन् ४ फिल्म

काठमाडौं – फागुन २१ को निर्वाचनले त्यस महिनामा प्रदर्शनम मिति

डेभिल्ससँग नेपालको ऐतिहासिक टी–२० विश्वकप डेब्यु

काठमाडौं–  डेभिल्सले नेपाली क्रिकेटलाई  प्रोत्साहन गर्दै नयाँ अभियान सार्वजनिक गरेको छ

खगेन्द्रको स्पष्टोक्ति : ‘म शाकाहारी हुँ, विपक्षीले बदनाम गर्न गाई खान पाउने भिडियो हाले’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक उम्मेदवार खगेन्द्र सुनुवारले आफू

कोरिया जान पाऊँ भन्दै ईपीएस पास गरेकाहरू माइतीघरमा उत्रिए (तस्बिरहरू)

काठमाडौं– रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको