ओलीलाई लक्षित गर्दै पोखरेलले भने : म भए आयोगमा बयान दिन गइसक्थेँ « Khabarhub

ओलीलाई लक्षित गर्दै पोखरेलले भने : म भए आयोगमा बयान दिन गइसक्थेँ


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बोलाउँदा अध्यक्ष केपी शर्मा ओलीले बयान दिन जानुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा सम्पादकसहितका सञ्चारकर्मीहरूसँगको अन्तरसंवादका क्रममा एमालेको एघारौँ महाधिवेशनमा अध्यषका दाबेदार पोखरेलले आफू ओलीको ठाउँमा भए आयोगले बोलाउनुअघि बयान दिन जाने बताए ।

सरकारले बनाएको छानबिन आयोगसँग असहमति भए पनि आफ्ना तथ्य प्रस्तुत गर्न त्यहाँ जानु स्वाभाविक र आवश्यक हुने पनि उनले बताए ।

‘आयोगसँग हाम्रा कतिपय कुरामा रिजर्भेसन हुन सक्छ, तर बोलाउनु स्वाभाविक हो । म भए अझै अगाडि गएर बयान दिन्थेँ । अवज्ञा गर्नु ठीक हुँदैन,’ पोखरेलले भने ।

आयोगले तय गरेको ढाँचाअनुसार ओलीले नजाने निर्णय गर्नु राम्रो नहुने पनि पोखरेलले बताएका छन् ।

‘आयोगको अध्यक्ष जसलाई बनाइयो, उनीमाथि कतिपय प्रश्न उठेका छन् । तर भदौ २३ र २४ गतेको आन्दोलनमा भएको मानवीय र भौतिक क्षतिका आधारमा आयोग बनाइएको छ’, उनले भने, ’गठन पहिले नै धारणा बनाइसकेका व्यक्ति अध्यक्ष हुँदा निष्पक्षता कसरी सुनिश्चित हुन्छ भन्ने प्रश्न पनि छ। तर सरकारले बनाएको आयोगमा आफ्ना भनाइ राख्न पनि जानुपर्छ।’

पोखरेलले बयान दिन जानुको अर्थ आफ्ना विचार राख्नु र तथ्य प्रस्तुत गर्नु पनि हुने बताए । ‘हाम्रो अध्यक्ष पनि बयान दिन जानुहुन्छ भन्ने मलाई लाग्छ,’ उनले स्पष्ट शब्दमा भने ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ६ : २४ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम