ओलीलाई लक्षित गर्दै पोखरेलले भने : म भए आयोगमा बयान दिन गइसक्थेँ « Khabarhub

ओलीलाई लक्षित गर्दै पोखरेलले भने : म भए आयोगमा बयान दिन गइसक्थेँ


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बोलाउँदा अध्यक्ष केपी शर्मा ओलीले बयान दिन जानुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा सम्पादकसहितका सञ्चारकर्मीहरूसँगको अन्तरसंवादका क्रममा एमालेको एघारौँ महाधिवेशनमा अध्यषका दाबेदार पोखरेलले आफू ओलीको ठाउँमा भए आयोगले बोलाउनुअघि बयान दिन जाने बताए ।

सरकारले बनाएको छानबिन आयोगसँग असहमति भए पनि आफ्ना तथ्य प्रस्तुत गर्न त्यहाँ जानु स्वाभाविक र आवश्यक हुने पनि उनले बताए ।

‘आयोगसँग हाम्रा कतिपय कुरामा रिजर्भेसन हुन सक्छ, तर बोलाउनु स्वाभाविक हो । म भए अझै अगाडि गएर बयान दिन्थेँ । अवज्ञा गर्नु ठीक हुँदैन,’ पोखरेलले भने ।

आयोगले तय गरेको ढाँचाअनुसार ओलीले नजाने निर्णय गर्नु राम्रो नहुने पनि पोखरेलले बताएका छन् ।

‘आयोगको अध्यक्ष जसलाई बनाइयो, उनीमाथि कतिपय प्रश्न उठेका छन् । तर भदौ २३ र २४ गतेको आन्दोलनमा भएको मानवीय र भौतिक क्षतिका आधारमा आयोग बनाइएको छ’, उनले भने, ’गठन पहिले नै धारणा बनाइसकेका व्यक्ति अध्यक्ष हुँदा निष्पक्षता कसरी सुनिश्चित हुन्छ भन्ने प्रश्न पनि छ। तर सरकारले बनाएको आयोगमा आफ्ना भनाइ राख्न पनि जानुपर्छ।’

पोखरेलले बयान दिन जानुको अर्थ आफ्ना विचार राख्नु र तथ्य प्रस्तुत गर्नु पनि हुने बताए । ‘हाम्रो अध्यक्ष पनि बयान दिन जानुहुन्छ भन्ने मलाई लाग्छ,’ उनले स्पष्ट शब्दमा भने ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ६ : २४ बजे

चितवन पुगेर प्रचण्डले भने- कांग्रेसको फुटले निर्वाचनलाई असर गर्दैन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको फुटका

हामीले आधिकारिकता नपाए देशभर आन्दोलन हुन्छ : खड्का

काठमाडौं- निर्वाचन आयोगले विधान अनुरूप आफूहरुलाई आधिकारिकता नदिए देशभर आन्दोलन

अफगानिस्तानमा खाद्य असुरक्षा : महिला र बालबालिका सबैभन्दा प्रभावित

काबुल– अफगानिस्तानमा कुपोषण सङ्कटले महिला तथा बालबालिकामाथि गम्भीर असर पुर्‍याइरहेको

पूर्णबहादुरले भने : निर्वाचन आयोगले हामीलाई मान्यता नदिए देशभर आन्दोलन गर्छौँ

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरूलाई

शिक्षामा स्वजागरणको अभ्यास : अभिभावक-विद्यालयले के गर्ने ? 

काठमाडौं– भगवान् गौतमबुद्धको भनाइमा स्वयंलाई चिन्नु वास्तविक शिक्षा हो ।