सरकार र जेन-जीबीच सम्झौता पत्रमा हस्ताक्षर हुँदै, आन्दोलनकारीमाथि धरपकड नगरिने « Khabarhub

सरकार र जेन-जीबीच सम्झौता पत्रमा हस्ताक्षर हुँदै, आन्दोलनकारीमाथि धरपकड नगरिने


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र जेन-जी आन्दोलनकारीहरूबीच तीन महिना लामो कसरतपछि सम्झौता पत्रमा हस्ताक्षर हुन लागेको छ ।

बुधबार बिहानैदेखि सम्झौतापत्रमा दुवै पक्षको सहमति जुटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारी, प्रधानमन्त्रीको सचिवालयका सदस्य र जेन-जी नेताहरूबीच छलफल भएको थियो ।

काउन्सिल अफ जेन-जी कोशी प्रदेश संयोजक उपार्जुङ राईका अनुसार सम्झौताका सबै बुँदामा सहमति जुटेपछि हस्ताक्षर हुन लागेको हो।

‘हामीले राखेका शर्त र उहाँहरूका बुँदामा कुरा मिलेपछि सम्झौता हुन लागेको छ । केही बेरमा हस्ताक्षर गर्ने तयारी गरिरहेका छौँ’, राईले खबरहबलाई भने, ‘सरकार पक्षले आन्दोलनकारीमाथि प्रतिशोध नलिने कुरामा सहमति जनाउनुभएको छ। कतिपय कुराहरूमा संविधान संशोधन गर्न आयोग बन्ने छ ।’

उनले दलीय भागबण्डालाई निषेध गर्ने र भ्रष्टाचारको छानबिनबारेमा पनि दुई पक्षबीच सहमति जुटेको बताएका छन् ।

राईका अनुसार सहमति पत्रमा हस्ताक्षर गर्न सहिद परिवारका प्रतिनिधि, काउन्सिल अफ जेन-जी, जे नजी मुभमेन्ट अलायन्स र जेनजी फ्रन्टका नेताहरू उपस्थित छन्।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ६ : ३५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन