सरकार र जेन-जीबीच सम्झौता पत्रमा हस्ताक्षर हुँदै, आन्दोलनकारीमाथि धरपकड नगरिने « Khabarhub

सरकार र जेन-जीबीच सम्झौता पत्रमा हस्ताक्षर हुँदै, आन्दोलनकारीमाथि धरपकड नगरिने


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र जेन-जी आन्दोलनकारीहरूबीच तीन महिना लामो कसरतपछि सम्झौता पत्रमा हस्ताक्षर हुन लागेको छ ।

बुधबार बिहानैदेखि सम्झौतापत्रमा दुवै पक्षको सहमति जुटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारी, प्रधानमन्त्रीको सचिवालयका सदस्य र जेन-जी नेताहरूबीच छलफल भएको थियो ।

काउन्सिल अफ जेन-जी कोशी प्रदेश संयोजक उपार्जुङ राईका अनुसार सम्झौताका सबै बुँदामा सहमति जुटेपछि हस्ताक्षर हुन लागेको हो।

‘हामीले राखेका शर्त र उहाँहरूका बुँदामा कुरा मिलेपछि सम्झौता हुन लागेको छ । केही बेरमा हस्ताक्षर गर्ने तयारी गरिरहेका छौँ’, राईले खबरहबलाई भने, ‘सरकार पक्षले आन्दोलनकारीमाथि प्रतिशोध नलिने कुरामा सहमति जनाउनुभएको छ। कतिपय कुराहरूमा संविधान संशोधन गर्न आयोग बन्ने छ ।’

उनले दलीय भागबण्डालाई निषेध गर्ने र भ्रष्टाचारको छानबिनबारेमा पनि दुई पक्षबीच सहमति जुटेको बताएका छन् ।

राईका अनुसार सहमति पत्रमा हस्ताक्षर गर्न सहिद परिवारका प्रतिनिधि, काउन्सिल अफ जेन-जी, जे नजी मुभमेन्ट अलायन्स र जेनजी फ्रन्टका नेताहरू उपस्थित छन्।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ६ : ३५ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली