पहिचान पक्षधर चार पार्टीबीच एकता « Khabarhub

पहिचान पक्षधर चार पार्टीबीच एकता


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

बनियानी– पहिचान पक्षधर चार वटा राजनीतिक पार्टीबीच आज एकता भएको छ । झापाको बिर्तामोडमा राष्ट्रिय मुक्ति पार्टी नेपाल, नेपाल जनमुक्ति पार्टी (एकता पक्षधर), कोचिला सङ्घर्ष समिति र सङ्घीय लिम्बूवान पार्टीबीच एकता भएको हो । एकतापछि पार्टीको नाम ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’ भएको छ ।

पार्टी एकता घोषणासँगै चारवटै पार्टीका नेतृत्वले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । राष्ट्रिय मुक्ति पार्टी नेपालको तर्फबाट पार्टी अध्यक्ष राजेन्द्र महतो, नेपाल जनमुक्ति पार्टी (एकता पक्षधर)का पार्टी नेता सञ्जुहाङ पाङ्लुवा, कोचिला सङ्घर्ष समितिको तर्फबाट पार्टी संयोजक त्रिनारायण राजवंशी र सङ्घीय लिम्बूवान पार्टी नेपालका तर्फबाट अध्यक्ष मित्र लिङ्देनले तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

पार्टी एकतासँगै जिम्मेवारी बाँडफाँड गरिएको छ । पार्टी अध्यक्षमा राजेन्द्र महतो, वरिष्ठ नेता सञ्जुहाङ पाङ्लुवा, उपाध्यक्षमा त्रिनारायण राजवंशी र मित्र लिङ्देन रहेका छन् ।

हाल कायम रहेको केन्द्रीय समिति एवं पदीय जिम्मेवारी एकीकृत पार्टीमा सहमतिका आधारमा कायम गरिने एकता घोषणा कार्यक्रममा जनाइएको छ । चार वटा पार्टीबीच बीच गहन छलफल र विचार विमर्शपछि तीन बुँदामा सहमत भई पार्टी एकता गरिएको राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले बताए।

‘जनताले खोजेको परिवर्तन र चाहनालाई पूरा गर्न हामी एकीकृत भएका हौँ’, उनले भने, ‘मुलुक परिवर्तनको प्रश्रव पीडामा छ, मुलुकलाई त्यो पीडाबाट मुक्त बनाउन र जनतालाई चाहेको परिवर्तन ल्याउनका लागि हामी एकजुट भएका हौँ ।’

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टी सहभागी हुने बताउँदै उनले परिवर्तनको लक्ष्यलाई पूरा गर्न निर्वाचनलाई उपयोग गर्ने उल्लेख गरे। 

‘निर्वाचनमा सहभागी भएर मात्र लक्ष्य पूरा हुँदैन’, उनले भने, ‘अधिकार र पहिचानका लागि संसद्को रोस्टममा पुगेर खबरदारी गर्छौं ।’

विचार र विकल्पसहितको क्रान्तिका लागि जनताको ताकत सञ्चित गर्न अब जनतासमक्ष जाने अध्यक्ष महतोको भनाइ छ ।

नवगठित पार्टीका वरिष्ठ नेता सञ्जुहाङ पाङ्लुवाले पहिचान र परिवर्तनको मुद्दालाई स्थापित गर्न सबै पहिचान पक्षधर एकजुट भएर शक्ति निर्माणमा लाग्नुपर्ने बताए। उनले एक भएर नयाँ सोचका साथ अघि बढ्न पार्टी एकता गरिएको उल्लेख गरे।

पार्टी उपाध्यक्ष मित्र लिङ्देनले जेन-जी आन्दोलनपछि मुलुकले नयाँ परिवर्तन चाहेकोले पार्टी एकीकरण गरी परिवर्तनका पक्षमा आफूहरू उभिएको उल्लेख गरे ।
 

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ६ : ५५ बजे

भीम रावल भन्छन्ः एमालेमा मेरो आवाजलाई गलत अर्थ लगाएर पार्टी छोडेको भ्रम सिर्जना गरियो

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले एमाले

यस्तो छ सरकार र जेनजीबिचको १० बुँदे सम्झौता

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

सरकारसँगको १० बुँदे सम्झौतालाई जेन-जी मुभमेन्टले गर्यो अस्वीकार

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले बुधबार सरकारसँग भएको १० बुँदे

सरकारसँग भएको सम्झौतामा जेनजी समूहबीच नै असहमति (तस्बिरहरू)

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

कांग्रेस सदस्यता छानबिन समितिको संयोजक बने महेन्द्र यादव

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र