काठमाडौं चौथोमै सीमित, लुम्बिनीले फाइनल खेल्न विराटनगरलाई हराउनुपर्ने « Khabarhub

एनपीएल

काठमाडौं चौथोमै सीमित, लुम्बिनीले फाइनल खेल्न विराटनगरलाई हराउनुपर्ने


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार सम्पन्न एलिमिनेटर भिडन्तमा लुम्बिनी लायन्ससँग हार भोग्दै काठमाडौं गोर्खाजले प्रतियोगिता टुंगाएको छ ।

एलिमिनटरमा पराजयसँगै काठमाडौं यस सिजनमा चौथो बनेको छ । एलिमिनेटर विजेता लुम्बिनीले भने फाइनलमा खेल्ने सम्भावनलाई कायमै राखेको छ ।

फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा लुम्निबीले पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सँग पराजित टोली विराटनगर किङ्ससँग समाना गर्नेछ ।

पहिलो क्वालिफायर जितेर सुदूरपश्चिमले फाइनल स्थान सुरक्षित गरेको छ । दोस्रो क्वालिफायरका प्रतिस्पर्धी विराटनगर र लुम्बिनीमध्ये विजेताले फाइनलमा सुदूरपश्चिमसँग उपाधिका लागि खेल्नेछ ।

दोस्रो क्वालिफायरमा हार्ने टोली प्रतियोगिताको तेस्रो बन्दै यो सिजनको यात्रा सक्न बाध्य हुनेछ ।

इलिमिनेटरमा खेलमा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौंसँग टस हारेर ११२ रनको सामान्य लक्ष्य पछ्याउँदै लुम्बिनी जवाफी ब्याटिङमा उत्रिएको थियो ।

काठमाडौंले दिएको लक्ष्य लुम्बिनी लायन्सले १७ ओभर ४ बलमा ६ विकेटको क्षतिमा पूरा गरेको हो । लुम्बिनीले ठीक ११२ रन बनायो ।

काठमाडौंको फितलो ब्याटिङ नै हारको मुख्य कारण बन्न पुगेको छ।

९ ओभरको पाँचौ बलमा ६ विकेटको क्षतिमा ५१ रनको दयनीय अवस्थामा सन्तोष यादव ब्याटिङमा आएका थिए । उनी काठमाडौंबाट सर्वाधिक २३ रन जोडेर रन आउट भए ।

सातौं विकेटक लागि साझेदारी गर्न क्रिजमा गएका मोहम्मद अदिल अलामले १८ रन जोडे । जोन सिम्पसनले १८ रन र भीम सार्कीले १४ रन जाडे ।

काठमाडौंका दुई ओपनरसहित सुरुवाती क्रममा ब्याटिङमा गएका चार खेलाडी दोहोरो रन नबनाउँदै आउट भए । ओपनर बेन चाल्सवर्थ ५, ओपर आकाश त्रिपाठी १, सन्नी पटेल ७ र मिलिन्द कुमार २ रन जोडेर आउट भए । काठमाडौंका कप्तान करण केसीले ९ रन जोडे ।

बलिङतर्फ लुम्बिनीका शेर मल्ल, कप्तान रोहित पौडेलले समान ३–३ विकेट लिए । मल्लले ओपनर आकाश त्रिपाठी र मिलिन्दा कुमारको महत्त्वपूर्ण विकेट लिए । रोहितले भीम सार्कीको महत्त्वपूर्ण विकेट लिए ।

रुवने ट्रम्पेलम्यानले ओपनर बेल चाल्सवर्थ र सन्नी पटेलको महत्त्वपूर्ण विकेट लिए । अभिषेक गौतमले १ विकेट लिए ।

सहज लक्ष्य पाएर दबाबरहित जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीबाट सर्वाधिक ३३ रन ओपनर डीआर्सी सर्टले जोडे ।

ओपनर दिनेश अधिकारी ५ बलमा ४ रन जोडेर आउट भए । कप्तान रोहित पौडेल २५ बलमा १८ रन जोडेर पवेलियन फर्किए । सन्दीप जोराले २३ बल सामना गर्दा २३ रन नै जोडे ।

निरोशन डिकवेला १४, दीलिप नाथले ७ र रुवेन ट्रम्पेलम्यानले ५ रन जोड्दा जित लुम्बिनीको पक्षमा आयो ।

बलिङतर्फ काठमाडौंबाट सन्तोष यादवले २ विकेट लिए । सन्नी पटेल, करण केसी, सहाब अमाल र रसिद खानले सामान १–१ विकेट लिए ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ७ : ११ बजे

यस्तो अवस्थामा छ जनकपुर चुरोट कारखाना (तस्बिरहरू) 

 जनकपुरधाम– लामो समयदेखि बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखाना पुनः

कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

बोगोटा– दक्षिण अमेरिकाका दुई छिमेकी मुलुक कोलम्बिया र इक्वेडरबीच जारी

अस्पताल सेवा सुधार कार्यविधि जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’

‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

काठमाडौं– काठमाडौंमा ‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

इस्टरको अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

एजेन्सी– चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर