भीम रावल भन्छन्ः एमालेमा मेरो आवाजलाई गलत अर्थ लगाएर पार्टी छोडेको भ्रम सिर्जना गरियो « Khabarhub

भीम रावल भन्छन्ः एमालेमा मेरो आवाजलाई गलत अर्थ लगाएर पार्टी छोडेको भ्रम सिर्जना गरियो


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले एमाले नेताहरुले महाधिवेशनको सन्दर्भमा आफ्नो नाम गलत ढंगले प्रयाेग गरेको भन्दै आपत्ति जनाएका छन् ।

बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै एमालेमा रहँदा आफूले उठाएको आवजलाई गलत किसिमले अर्थ्याएर आँफै पार्टी छोडेको जस्तो भ्रम सिर्जना गरिरहेको देख्दा आश्चर्य लागेको बताएका हुन् ।

नेता रावलले लेखेका छन्, ‘ एमालेको एघारौँ महाधिवेशनको सन्दर्भमा त्यस पार्टीका कतिपय नेताहरूले मेरो नाम बारम्बार लिएको पाएँ। मेरो नाम विधि, पद्धति, राष्ट्रिय स्वाधीनता स्वाभिमान, आत्मसम्मान र दृढताको पर्यायको रुपमा रहेको पाउँदा म प्रसन्न नैछु।मैले दशौं राष्ट्रिय महाधिवेशनमा केपी ओलीजीका निरंकुश, स्वेच्छाचारी र सिद्धान्तहीन कार्यका विरुद्धमा तथा जनताको बहुदलीय जनवाद अनुकूल स्वच्छ प्रतिस्पर्धा, विधि, प्रणाली र स्थापित मान्यताको पक्षमा जुन आवाज उठाएको थिएँ अहिले केही साथीहरुले त्यस्तै आवाज एघारौँ महाधिवेशनको सन्दर्भमा उठाएको पाएँ। तर कतिपयले मैले उठाएको उक्त आवाजलाई गलत किसिमले अर्थ्याएर मैले नै पार्टी छोडेको जस्तो भ्रम सिर्जना गरिरहेको देख्दा आश्चर्य लागेको छ।’

उनले एमालेलाई राष्ट्रिय हित, विधि, प्रणाली र जनताको आकांक्षाको बाटोमा हिँडाउनको लागि आफूले बारम्बार आग्रह गरेको पनि उल्लेख गरेका छन् । आफ्नो बिचारबाट त्रसित ओली गुटले स्वेच्छाचारी रुपमा पार्टी सदस्यता खाएको रावलको आरोप छ ।

‘एमालेलाई राष्ट्रिय हित, विधि, प्रणाली र जनताको आकांक्षाको बाटोमा हिँडाउनको लागि बारम्बार आग्रह गरें। मेरो यस्तो विचारबाट त्रसित ओली गुटले स्वेच्छाचारी रुपमा मेरो पार्टी सदस्यता खाएको हो। यस्तो सत्यमाथि पर्दा हाल्ने केही व्यक्तिहरूको अभ्यास निरर्थक छ। एमालेका इमान्दार, देशभक्त, सत्य र न्यायका पक्षधर नेता, कार्यकर्ता र प्रतिनिधिहरूबाट एघारौं महाधिवेशनको अवसरमा पार्टीलाई निरङ्कुश स्वेच्छाचारी, सिद्धान्तहीन र अहंकारी नेतृत्वबाट मुक्त गरेर अगाडि जाने बुद्धिमत्तापूर्ण काम गरियो भने देश, जनता र विशेषगरी नेपालको कम्युनिस्ट संगठन र राजनीतिलाई एकताबद्ध तथा बलियो बनाउन सहयोग पुग्नेछ’ उनले लेखेका छन् ।

यसअघि एमाले अध्यक्षमा लड्ने घोषणा गरेका ईश्वर पोखरेलले बुधबार नै पत्रकारहरुसँग कुराकानी गर्दै महाधिवेशनमा पराजित भए पनि माधव नेपाल र भीम रावलले जस्तो पार्टी नछाड्ने बताएका थिए ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ११ : ०३ बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा