अमेरिकाको आगलागीमा मर्नेको सङ्ख्या ११ पुग्यो « Khabarhub

अमेरिकाको आगलागीमा मर्नेको सङ्ख्या ११ पुग्यो


२७ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

लस एन्जलस – लस एन्जलसमा मंगलबार सुरु भएको आगलागी असर बढी रहेको छ। यसै कारण कम्तीमा ११ जनाको ज्यान गइसकेको छ भने १० हजार घर तथा संरचना ध्वस्त भएका छन्।

क्यालिफोर्नियामा पानीको समेत अभाव देखिएको छ। त्यहाँका गर्भनरले यसको छानबिनको आवाज उठाएका छन्।
अहिले प्रभावित क्षेत्रमा रात्रि कालिन कर्फ्यु लगाइएको छ।

पालिसेड र इटनमा यो नियम कडाइका साथ लागु हुने जनाइएको छ। राष्ट्रपति जो बाइडेले लस एन्जलसको अवस्था साँच्चै भयावह भएको बताउँदै मर्नेको सङ्ख्या अझ बढ्न सक्ने बताएका छन्।

अहिले अल्टाडेना जिल्लामा १५ सय अग्नि नियन्त्रक सक्रिय छन्। त्यहाँका प्राय सबै मानिस अन्यत्र सरिसकेका छन्।

क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले डोनाल्ड ट्रम्पलाई भ्रमण गर्नका लागि त्यहाँ बोलाएका छन्। उनले ट्रम्पलाई घटनालाई राजनीतिकरण नगर्न भने अनुरोध गरेका छन्।

अहिले पालिसेड र इटनमा आगोमा प्रभाव कम भएको छ। तर त्यहाँका सिनेटरले घरमा तत्काल नफर्कन अनुरोध गरेका छन्। उनीहरूले घर फर्कने अवस्था आउनका लागि केही दिन अझ लाग्न सक्ने बताएका छन्।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ७ : ०१ बजे

एक करोड ६८ लाखमा वडा कार्यालय भवन निर्माण

बागलुङ– तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण भएको छ

जेन-जी अभियन्ताको चेतावनी- समानुपातिक सूची नसच्याए रास्वपालाई भोट हालिदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूची संविधानको

पहिलो त्रैमासिकमा जिल्ला प्रशासन मनाङ देशभरकै उत्कृष्ट

काठमाडौं– चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को पहिलो त्रैमासिकमा मनाङ

सुनसरीमा कसरी चल्यो गोली ? सिटी चालकको मृत्यु

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

बीपी राजमार्ग : रोशीखोला बगरैबगरको यात्रा (तस्बिरहरू)

काभ्रे– गत वर्षको असोज दोश्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी