समान विचार भएकाहरूसँग एकता हुन्छ : कमल थापा « Khabarhub

समान विचार भएकाहरूसँग एकता हुन्छ : कमल थापा


२७ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले समान विचारधारा भएकाहरूसँग एकता र सहकार्यको प्रयास गर्ने बताएका छन्।

३०३औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार काठमाडौंमा चियापान कार्यक्रमको आयोजना गर्दै अध्यक्ष थापाले यसअघि सहकार्य गरेका र समान विचार भएकासँग आफूले एकता र सहकार्यको प्रयास गर्ने बताए। 

२०७३ सालमा गणतन्त्रको वकालत गरेका पुराना अग्रजलाई आफूले उदारतापूर्वक एकीकृत गरे पनि दुर्घटना भएकाले भन्दै पुनः एकताको प्रयास गर्ने उनले बताए। 

थापाले मुलुकमा बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने आफ्नो लक्ष्य रहेको धारणा राखे। उनले पृथ्वी जयन्तीलाई हरेक वर्ष मनाउने सरकारी निर्णय र अन्य राजनीतिक दलहरूले पनि राष्ट्रिय दिवस मनाउनु उपलब्धिपूर्ण रहेको उल्लेख गरे।

चियापान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेर बहादुर देउवा, पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललगायत विभिन्न दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकको उपस्थिति थियो।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ४ : ५५ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या