पार्टीबाट निकाल्दैमा भ्रष्टाचार विरुद्धको लडाई रोकिँदैन : भीम रावल « Khabarhub

पार्टीबाट निकाल्दैमा भ्रष्टाचार विरुद्धको लडाई रोकिँदैन : भीम रावल


२७ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका पूर्वनेता भीम रावलले एमालेले पार्टीबाट निकाल्दैमा आफ्नो भ्रष्टाचार, अन्याय र अत्याचार विरुद्धको लडाई कमजोर नहुने बताएका छन् ।

राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपा नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको चियापन कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै रावलले तानाशाही ढंगले एमाले नेतृत्वले आफूलाई निष्कासन गरेको भन्दै एमालेले निकाल्दैमा आफ्नो भ्रष्टाचार, अन्याय अत्याचारविरुद्ध र देशभक्तिको झण्डामाथि उठाउने उत्साहमा कमी नहुने बताएका छन् । 

रावलले एमाले नेतृत्वको स्वच्छाचारी, राष्ट्रिय हित विपरीतका कार्य, मनपरी र भ्रष्टाचारपूर्ण क्रियाकलापविरुद्ध लड्दा पाच्य नभएको जिकिर गरे । उनले आफूलाई बद्नाम गर्न राजावादी भएको प्रचार गरिएको समेत उल्लेख गरे ।

देशभक्तसंग हातेमालो गर्दै अघि बढ्ने र मातृभूमि जागरण अभियानलाई सशक्त बनाउने जिकिर गर्दै उनले देशको आवश्यकता भए वैकल्पिक शक्ति निर्माण गर्न सबैसँग हातेमालो गर्दै अघि बढ्ने बताए ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ५ : ३९ बजे

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय