माओवादीका प्रा.डा शर्मा एमाले प्रवेश « Khabarhub

माओवादीका प्रा.डा शर्मा एमाले प्रवेश


२७ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


852
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगका पुराना वामवुद्धिजीवी प्राध्यापक डाक्टर मेदिनीप्रसाद शर्मा नेकपा (एमाले) मा प्रवेश गरेका छन् । शनिबार विराटनगरमा जारी नेकपा (एमाले) को पाचौँ बैठकबाट शर्मा एमाले प्रवेश गरेका हुन् ।

विराटनगरस्थित पोष्टग्राजुयट क्याम्पसका प्राध्यापक डाक्टर शर्मा इतिहास र साहित्यका अग्रज व्यक्तित्व हुन्। नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार रहेका उनले माओवादी विघटनको संघारमा रहेको जनाउँदै जनताको लोकप्रिय पार्टी एमाले प्रवेश गरेको बताए। 

उनलाई नेकपा (एमाले) केन्द्रीय उपाध्यक्ष गुरु बराल, एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई, पार्टीका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, कोशी प्रदेशका मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्की लगायतले एमालेमा स्वागत गरेको  नेकपा (एमाले) कोशी प्रदेश सदस्य एवम् प्रचार तथा प्रकाशन विभाग उपप्रमुख भीमज्वाला राईले बताए । 

त्यस्तै नेकपा (एमाले) कोशी प्रदेशको पाचौँ बैठकले प्रत्येक पालिकाको वडा तहसम्म पार्टी नेता कार्यकर्ता पुग्नेगरी तीन महनिे जरा अभियान सञ्चालन गर्ने योजना पास गराएको छ । 

माघदेखि चैतसम्म सञ्चालन हुने अभियान परिचालन गर्नेगरी पार्टी कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले अभियान योजनाको प्रस्ताव गरेको र संगठनात्मक कामको प्रस्ताव पार्टी कोशी सचिव राजकुमार भण्डारीले प्रस्तुत गरिएको प्रचार तथा प्रकाशन विभाग उपप्रमुख भीमज्वाला राईले बताए। 

राइका अनुसार आइतबार अभियानको अवधारणा र परिभाषित कामका बारेमा विराटनगरमै अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको र उक्त अभिमुखिकरणमा प्रदेशमा रहेका केन्द्रीय नेताहरु, प्रदेश कमिटीका सम्पूर्ण, जिल्ला कमिटीका पदाधिकारीहरु र जनसंगठनका केन्द्रीय पदाधिकारीहरु सहभागी हुने राईले जानकारी गराए।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ७ : १९ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका