नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट २१ जनाको मृत्यु « Khabarhub

नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट २१ जनाको मृत्यु


२७ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

नाइजेरिया – नाइजेरियाको उत्तरपश्चिमी कात्सिना राज्यमा आपराधिक समूहको आक्रमणमा परी कम्तीमा २१ जना सरकारी लडाकू मारिएका छन् ।

कात्सिना प्रहरीप्रवक्ता अबुबकर सादिक अलियुका अनुसार सफाना जिल्लाको बौरे गाउँमा एक मृत सहकर्मीको परिवारप्रति समवेदना व्यक्त गरी फर्कंदै गरेको सरकारलाई सहयोग गर्दै आएका लडाकूको एक टोलीमाथि डाकुहरूले गोली चलाएका थिए।

“दुःखको कुरा, आक्रमणका कारण २१ जनाको मृत्यु भएको छ”, अलियुले भने, “प्रहरीले आक्रमणका दोषीलाई पक्राउ गर्न प्रयास गरिरहेको छ।”

उत्तरपश्चिमी र मध्य नाइजेरियाका धेरै राज्यहरूमध्ये एक कात्सिना राज्यमा डाकुहरूले गाउँहरूमा आक्रमण गर्ने, बासिन्दाहरूको हत्या गर्ने र अपहरण गर्ने साथै घरहरू जलाउने र लुट्ने गर्दै आएका छन् ।

जाम्फारा, कात्सिना, काडुना र नाइजर राज्यको विशाल जङ्गलमा लुकीछिपी बस्दै आएको गिरोहले हालैका वर्षहरूमा विद्यालयबाट विद्यार्थीहरूको सामूहिक अपहरणका लागि कुख्याति कमाएका छन् ।

सन् २०२३ मा कात्सिना राज्यका गभर्नर डिक्को उमर रड्डाले ‘कात्सिना कम्युनिटी वाच कोर (केसीडब्ल्युसी)’ को स्थापना गरी सरकारलाई सघाउन करिब दुई हजार लडाकूलाई भर्ती गरेका थिए ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ८ : ४१ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र