बन्दी रिहाइको प्रक्रिया रोक्ने हमासको चेतावनी | Khabarhub Khabarhub

बन्दी रिहाइको प्रक्रिया रोक्ने हमासको चेतावनी

युद्ध विरामको मापदण्ड उलंघन भएको आरोप


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

इजरायल – इजरायलले युद्ध विरामको मापदण्ड उल्लङ्घन गरेको आरोप लगाउँदै हमासको सैन्य विभागका प्रवक्ताले तत्कालका लागि बन्दी रिहाइ प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। शनिबार हमासले तीन बन्दी छाड्ने कार्यक्रम तय भइसकेको थियो।

हमासका प्रवक्ता अबु देबाइले जारी गरेको विज्ञप्तिमा गाजामा विस्थापित भएकालाई फर्कन अवरोध सिर्जना गरिएको, मानिसमाथि आतङ्क फैलाइएको र आक्रमण गरिएको जनाएको छ। यो शैलीलाई हमासले युद्ध विराम उलंघन मानेको छ।

इजरायली रक्षा मन्त्रीले यो युद्ध विरामको पूर्ण उल्लङ्घन भएको बताएका छन्। रक्षामन्त्री इजरायल काट्जले गाजमा कुनै पनि सम्भाव्य दुर्घटनालाई ध्यानमा राख्दै त्यहाँको समुदायको सुरक्षाका लागि इजरायली डिफेन्स फोर्स (आइडिएफ)लाई अलर्ट राख्न भनेका छन्।

हमासको सो घोषणाले अहिले सर्वत्र आक्रोश फैलाएको छ। राष्ट्र सङ्घका प्रवक्ता फरहान हकले युद्धरामको पालनामा ढिलाइ हुनु गम्भीर भएको बताउँदै सबै पक्षले विगतमा गरेको सहमति कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिएका छन्।

हमासले सबै नियम पालना गरेमा बन्दी रिहाइका लागि आफूहरू तयार भएको बताएको छ। हमासले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको स्वामित्व लिन चाहेको विषयमा भने कुनै प्रतिक्रिया जनाएको छैन।

अमेरिकी राष्ट्रपति ट्रम्पले गाजावासीलाई अन्यत्र सार्ने प्रस्ताव राखेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसलाई क्रान्तिकारी भनेका थिए। यसअघि पनि बारम्बार युद्ध विरामको प्रक्रियामा अवरोध आएको थियो। एक इजरायली सर्वसाधारण बन्दीलाई रिहाइ गर्न ढिलाइ गरेको भन्दै दुई दिन इजरायलले गाजबासीलाई फर्कनमा अवरोध सिर्जना गरेको थियो।

१९ जनवरीमा युद्ध विराम सुरु भएयता १६ इजरायली र ५ थाई बन्दीलाई हमासले छाडी सकेको छ। यसको बदलामा इजरायलले ५६६ जनालाई जेलबाट छुटाएको छ। पहिलो चरणमा ३३ बन्दीको बदलामा इजरायलले जेलमा रहेका १९ सय जना प्यालेस्टाइनीलाई छाड्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ५ : ५७ बजे

विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको

बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौं – गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप

कर तिर्ने समय एक महिना थप

काठमाडौं – सरकारले कर तिर्ने समय एक महिना थप गरेको

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौं – घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू

आजका समाचार : अन्तरिम सरकारमा ११ जनामात्रै मन्त्री, दलहरू पार्टी भवन बनाउने योजनामा र गाजामा इजरायली सेनाको व्यापक आक्रमण

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुनेअन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले