बन्दी रिहाइको प्रक्रिया रोक्ने हमासको चेतावनी « Khabarhub

बन्दी रिहाइको प्रक्रिया रोक्ने हमासको चेतावनी

युद्ध विरामको मापदण्ड उलंघन भएको आरोप


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

इजरायल – इजरायलले युद्ध विरामको मापदण्ड उल्लङ्घन गरेको आरोप लगाउँदै हमासको सैन्य विभागका प्रवक्ताले तत्कालका लागि बन्दी रिहाइ प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। शनिबार हमासले तीन बन्दी छाड्ने कार्यक्रम तय भइसकेको थियो।

हमासका प्रवक्ता अबु देबाइले जारी गरेको विज्ञप्तिमा गाजामा विस्थापित भएकालाई फर्कन अवरोध सिर्जना गरिएको, मानिसमाथि आतङ्क फैलाइएको र आक्रमण गरिएको जनाएको छ। यो शैलीलाई हमासले युद्ध विराम उलंघन मानेको छ।

इजरायली रक्षा मन्त्रीले यो युद्ध विरामको पूर्ण उल्लङ्घन भएको बताएका छन्। रक्षामन्त्री इजरायल काट्जले गाजमा कुनै पनि सम्भाव्य दुर्घटनालाई ध्यानमा राख्दै त्यहाँको समुदायको सुरक्षाका लागि इजरायली डिफेन्स फोर्स (आइडिएफ)लाई अलर्ट राख्न भनेका छन्।

हमासको सो घोषणाले अहिले सर्वत्र आक्रोश फैलाएको छ। राष्ट्र सङ्घका प्रवक्ता फरहान हकले युद्धरामको पालनामा ढिलाइ हुनु गम्भीर भएको बताउँदै सबै पक्षले विगतमा गरेको सहमति कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिएका छन्।

हमासले सबै नियम पालना गरेमा बन्दी रिहाइका लागि आफूहरू तयार भएको बताएको छ। हमासले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको स्वामित्व लिन चाहेको विषयमा भने कुनै प्रतिक्रिया जनाएको छैन।

अमेरिकी राष्ट्रपति ट्रम्पले गाजावासीलाई अन्यत्र सार्ने प्रस्ताव राखेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसलाई क्रान्तिकारी भनेका थिए। यसअघि पनि बारम्बार युद्ध विरामको प्रक्रियामा अवरोध आएको थियो। एक इजरायली सर्वसाधारण बन्दीलाई रिहाइ गर्न ढिलाइ गरेको भन्दै दुई दिन इजरायलले गाजबासीलाई फर्कनमा अवरोध सिर्जना गरेको थियो।

१९ जनवरीमा युद्ध विराम सुरु भएयता १६ इजरायली र ५ थाई बन्दीलाई हमासले छाडी सकेको छ। यसको बदलामा इजरायलले ५६६ जनालाई जेलबाट छुटाएको छ। पहिलो चरणमा ३३ बन्दीको बदलामा इजरायलले जेलमा रहेका १९ सय जना प्यालेस्टाइनीलाई छाड्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ५ : ५७ बजे

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन