च्याट जिपीटी खरिदका लागि मस्कको चासो : ९७.४ अर्ब डलरको प्रस्ताव « Khabarhub

च्याट जिपीटी खरिदका लागि मस्कको चासो : ९७.४ अर्ब डलरको प्रस्ताव


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – एलन मस्कको नेतृत्वमा रहेको लगानीकर्ताको समूहले च्याट जिपीटीको निर्माता ओपन एआई खरिद गर्नका लागि ९७ दशमलव चार अर्ब अमेरिकी डलरको प्रस्ताव गरेको छ।

विलिनियर मस्कका कानुन व्यवसायी म्याक टियोबियोफले सोमबार यसका लागि ‘बिडिङ’ गरेका हुन्।

एआईको प्रभाव बढी रहेको समयमा ओपन एआईको कार्यकारी साम अल्टम्यान तथा राष्ट्रपति ट्रम्पका निकटस्थ मस्कको लामो समय द्वन्द्व चलिरहेको समयमा भएको यो प्रस्ताव अर्थपूर्ण मानिएको छ।

मस्ककै उत्पादनको सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै अल्टम्यानले लेखे, ‘धन्यवाद। यो आवश्यक छैन। बरु तपाईं चाहनु हुन्छ भने म ९ दशमलव ७४ अर्बमा ट्विटर किन्नका लागि खर्च गर्न सक्छु ।’ सन् २०१५ मा यी दुई मिलेर नै नयाँ कम्पनी खोलेका थिए।

यो विषयमा विवाद भएपछि सन् २०१८ मा मस्क छुट्टिएर टेस्ला कम्पनी खोलेका हुन्।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ७ : १७ बजे

भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

काठमाडौं– डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा भारी हिमपातका कारण ६ जना

जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन

म्याड्रिड– जीवनयापनको बढ्दो खर्च, आवास समस्या, सार्वजनिक सेवाको अवस्था र

२० करोड रुपैयाँ असुली प्रकरणमा साक्षीका रूपमा बलिउड अभिनेत्री नोरा फतेहीलाई बोलाइयो अदालत

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही फेरि एकपटक २० करोड भारतीय

सडक सुरक्षा र ट्राफिक नियम पालनाबारे जनचेतनामूलक कार्यक्रम

काठमाडौं– सडक सुरक्षा अभिवृद्धि, ट्राफिक नियमको प्रभावकारी पालना तथा सुरक्षित

महेन्द्रनगरमा दुई आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

धनुषा– जनकपुरधाम–ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित