मुस्ताङको ‘लुरी गुम्बा’ ओझेलमा  | Khabarhub Khabarhub

मुस्ताङको ‘लुरी गुम्बा’ ओझेलमा 


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारास्थित धार्मिक तथा ऐतिहासिक महत्वको लुरी गुम्बा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

आठ सय वर्ष पुरानो गुफाभित्र रहेको गुम्बा संरक्षणको पनि पर्खाइमा छ । गुम्बाकी आनी थाक्पा ढोल्करका अनुसार तान्त्रिक बौद्ध धर्मसँग नजिक निङ्मापा सम्प्रदायको लुरीघाङ गुम्बा १२औँ शताब्दीमा बनेको हो ।

समुद्री सतहबाट करिब चार हजार मिटर उचाइमा याराको पूर्वी कुनाको पहराको चेपमा रहेको लुरी गुम्बा अनौठो धार्मिक सम्पदा हो ।

गोरेटो र सिँढी हुँदै पहाडको बीच भागमा रहेको गुम्बामा पुगिन्छ । आँगनमा पुग्ने बेलामा काठको भर्‍याङ राखिएको छ । गुम्बाको मुख्य भाग, लामाको तपस्यास्थल पहराभित्र छिरेको गुफामा रहेको छ । लुरी गुम्बाको छोर्तेन प्राकृतिक भएको आनी ढोल्करले बताइन् ।

आकर्षक भित्तेचित्र भएको छोर्तेनको वरपर परिक्रमा गर्न मिल्ने सानो भाग पनि छ । यहाँका चित्रहरू पन्ध्रौँ शताब्दीमा बनाइएको हो । पहराको ढुङ्गालाई नै थामको रूप दिई बनाइएकाले गुम्बामा भित्तेचित्र, पुस्तक, पुराना थाङ्का र पद्मसम्भवको मूर्ति रहेको छ । भुटानी कन्या विवाह गरेका तत्कालीन ल्होका राजाले आफ्नी पत्नीलाई खुसी पार्न लुरी गुम्बा बनाएको इतिहास छ ।

स्थानीयवासीले यसलाई लुरी कावुङ भन्ने गर्छन् । अर्को किंवदन्तीअनुसार यारागाउँमा जन्मिएका उड्ने सिद्ध पाएका कुन्छाङ झलु नाम गरेका लामाले तपस्या गरेर ज्ञान आर्जन गरेका थिए । गुम्बापारिको पहाडको चुचुरोलाई स्थानीयवासी कुन्छाङ झलु लामाको बासस्थान मान्ने गरेका छन् ।

मुख्य गुम्बाभन्दा केही तल पेयुङखोलाको किनारमा अर्को गुम्बा पनि बनाइएको छ । दुवै ठाउँको गुम्बामा नियमित पूजाआजा हुने आनी ढोलकरले बताइन् । लुरी गुम्बाको नजिकैको यारा र घारागाउँमा धर्मशाला र होटलको सुविधा छ ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङबाट ध्यखोला, ध्ये, सुर्खाङ, यारा हुँदै एक घण्टा सवारीसाधनको यात्रापछि पुगिने घारागाउँबाट २० मिनेटको पैदलयात्रा गरेपछि दामोदरकुण्ड जाने बाटोमै रहेको लुरी गुम्बा पुगिन्छ । लोमान्थाङबाट लुरी सर्किट पदमार्गको प्रयोग गरेर पनि यहाँ जान सकिन्छ । चराङबाट घारा जाने क्रममा ध्ये, सुर्खाङ र यारागाउँ, अनौठा आकृति भएको पहाड अवलोकन गर्न पाइन्छ ।

लोघेकर दामोदरकुण्ड गाउँपालिका र गण्डकी प्रदेश सरकारले सडकबाट लुरी गुम्बा पुग्ने ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाएका छन् । गाउँपालिका र प्रदेश सरकारको १५–१५ लाख बजेटमा उकालोमा करिब तीन सय मिटर पक्की पदमार्ग निर्माण भएको वडाध्यक्ष पासाङ गुरुङले बताए । यस वर्ष सार्वजनिक शौचालय बनाउन पाँच लाख बजेट विनियोजन गरेको वडाध्यक्ष गुरुङले बताए ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ७ : ३४ बजे

चाँगुनारायणमा भक्तजनहरूको घुइँचो

काठमाडौं– प्रत्येक वर्ष हरिबोधनी एकादशीका दिन लाग्ने मेला भर्न भक्तपुरमा

रविन्द्र मिश्रको ‘माथिको आदेश छ’ लोकार्पण

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रद्वारा लिखित

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन देशभक्त शक्तिहरूबीच एकता आवश्यक : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक

पार्टी एकताबारे निर्णय लिन पेरिसडाँडामा माओवादी सचिवालय बैठक

काठमाडौं– नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक सुरु

आन्ध्र प्रदेशको मन्दिरमा भएको भागदौडमा नौ जनाको मृत्यु

एजेन्सी – दक्षिणी भारतको आन्ध्र प्रदेशको कासिबुग्गाको वेंकटेश्वर मन्दिरमा शनिबार