पाँच हजार कुखुरापालनबाट मासिक पाँच लाख बचत | Khabarhub Khabarhub

पाँच हजार कुखुरापालनबाट मासिक पाँच लाख बचत


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङका सुरथ सुवेदी १८ वर्षदेखि व्यावसायिक कुखुरापालनमा लाग्दै आएका छन् ।

बागलुङ नगरपालिका–६ मा घर भई हाल वडा नम्बर १३ को भाटेखोलामा धौलागिरि कृषि दाना एण्ड पोल्ट्री फार्म सञ्चालन गर्दै आएका सुवेदीले व्यावसायिक कुखुरापालनबाट मासिक पाँच लाख बचत गर्दै आएका छन् ।

एकाउन्न वर्षीय सुवेदीले १८ वर्षमा थुप्रै असफलता व्यहोर्दै सफलतामा पुगेको बताए । उनले १० वर्षयता बागलुङ र त्यसभन्दा अघि चितवनमा कुखुरा पाल्दै आएका छन् ।

अहिले उनको कुखुरा फार्मममा पाँच हजार पाँच सय कुखुरा छन् । सरदरमा दैनिक पाँच हजार अण्डा बजारमा बिक्रीका लागि जाने सुवेदीले जानकारी दिए ।

उनले २०६३ मा चितवन गएर सुरुमा बोइलर जातको कुखुरा पाल्न थाले पनि पछिल्लो १० वर्षयता लियर्स जातको कुखुरा पाल्दै आएका छन् । चितवनमा निरन्तर सफलता हाँसिल गर्दै गए पनि १३ हजार कुखुरा बर्डफ्लुका कारण मरेपछि फर्केर बागलुङ आएको सुवेदीले बताए ।

‘मनग्ये आम्दानी कमाई भइरहेको थियो तर एकैपटक बर्डफ्लु आएपछि सबै घाटामा गयो, त्यसले निराश भएर बागलुङ फर्के, त्यसयता राम्रो भइरहेको थियो, गत वर्ष कुखुराका चल्लाले अण्डा नदिएपछि ६० लाख घाटा प¥यो । अहिले राम्रो छ, पोहोरको घाटालाई अहिलेको नाफाले सघाएको छ’, उनले भने । लामो समय हुर्काएका कुखुराले अण्डा नदिँदा घाटा भएको उनको भनाइ छ ।

विसं २०७० मा पाँच जनाको समूहले भाटेखोलामा लेयर्सजातको कुखुरा पाल्न थाले पनि अहिले आफ्नो निजी फार्म सञ्चालन गरेको सुवेदीले बताए । उनका अनुसार उक्त फार्ममा अहिलेसम्म ६० लाख लगानी भइसकेको छ । कृषिमा उल्लेख्य नतिजा प्राप्त गर्न प्राविधिक ज्ञानसमेत हुन आवश्यक रहेको उनले बताए ।

फार्ममा उत्पादित अण्डा आफैँले गाडीमार्फत म्याग्दी, पर्वत र बागलुङ बजारमा बिक्री गर्दै आएको उनको भनाइ छ ।

बजारमा हुने अस्वस्थ प्रतिस्पर्धा, सरकारको सहयोगमा कमी, कृषि गर्नेप्रति समाजको नकारात्मक दृष्टिकोणलगायत कारणले कृषि क्षेत्र फस्टाउन नसकेको बताउँदै प्राविधिक सहयोग निरन्तर पाउनुपर्नेमा सुवेदीले जोड दिए ।

सुवेदीले २२ रोपनी जग्गा वार्षिक ६० हजार भाडामा लिएर फार्म सञ्चालन गर्दै आएका छन् ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ९ : २० बजे

आज २०८२ साल कात्तिक २९ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २९ गते शनिबार। मंसिर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको स्थगित

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

मकवानपुरमा पुजारीको गोली हानी हत्या, एक जना पक्राउ

बागमती – मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा आज एक जनाको गोली

देउवा दम्पत्ति स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन जी

प्रधानमन्त्रीले भनिन्ः राज्यले भावना नबुझिदिँदा जेनजीमा बेचैनी बढ्यो

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री सुशीला कार्कीले युवाको भावना