केबलकार निर्माण प्रक्रियालाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड  « Khabarhub

केबलकार निर्माण प्रक्रियालाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड 


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा धाम क्षेत्रको केबलकार निर्माण प्रक्रियालाई वातावरणमैत्री बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

फुङ्लिङ नगरपालिकाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय जनप्रतिनिधि र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले केबलकार निर्माणलाई वार्ता, संवाद र सहकार्यमार्फत अघि बढाएर वातावरण बनाउनुपर्नेमा जोड दिएका हुन् ।

नगरप्रमुख अमिर मादेनले ताप्लेजुङको समग्र विकासका लागि केबलकार अपरिहार्य रहेको बताउँदै विद्यमान समस्या छलफल र सहकार्यबाट समाधान गर्नुपर्नेमा जोड दिए । केबलकार, पाथीभरा आउने तीर्थयात्रीको सुविधाका लागि मात्रै सीमित नभई यसले रोजगारी सृजना गर्ने, पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने उनले बताए ।

स्थानीय सरकारका रूपमा स्थानीयको आन्तरिक आम्दानी बढाउने, रोजगारी सृजना गर्ने, पर्यटन प्रवर्द्धन गर्ने दायित्व नगरको भएकाले लगानीकर्तालाई प्रोत्साहन गरिएको मादेनले बताए । उनले ‘नो केबलकार’ समूहलाई सार्थक संवादमा आउन र जिल्लाको समृद्धिमा सहयोग पुर्‍याउन आग्रह गरे । उनले निर्माणमा अवरोध नगरी भावी सन्ततिका लागि सहमतिमा आउन अनुरोध गरे ।

ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका महासचिव कमल लिम्बूले केबलकार निर्माणमा एकमत हुनु आवश्यक रहेको बताए । केबलकार निर्माण हुनुपर्छ भन्नेमा आफूहरूको मत रहेको भन्दै उनले विकास निर्माणमा अवरोध नगर्न ‘नो केबलकार’ समूहलाई आग्रह गरे ।

गैरसरकारी संस्था महासङ्घका अध्यक्ष खड्गविक्रम सुवेदी, नेकपा एमालेका जिल्ला सचिव सन्तोष चाम्लिङलगायत वक्ताले विद्यमान समस्या र विवाद छलफल र वार्ताका माध्यमबाट समाधान गरेर विकास निर्माणमा एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

फुङ्लिङ नगरपालिका अन्तर्गतका विभिन्न वडाका वडाध्यक्ष मोहन न्यौपाने, टङ्क पालुङ्वा, दुर्गाप्रसाद पालुङ्वा, मदन गुरुङ, योगेन्द्रप्रसाद निरौला, लक्ष्मण गुरुङ, युवराज भट्टराईलगायत स्थानीय जनप्रतिनिधिहरूले सहमति र वार्तामार्फत केबलकार निर्माण प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए ।

पाथीभरा क्षेत्रमा केबलकार निर्माणलाई लिएर पछिल्लो समय विरोध हुँदै आएको छ । मुकुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, केबलकार खारेजी सङ्घर्ष समितिलगायत सङ्घसंस्थाले केबलकार निर्माणको विरोध गरिरहेका छन् ।

यसअघि सरकारसँग भएका वार्ता, संवाद निष्कर्षविहीन भएपछि नगरपालिकाले पत्रकार सम्मेलन गरी निर्माणको वातावरण बनाउन र सार्थक वार्ता संवादमा आउन ‘नो केबलकार’ समूहलाई आग्रह गरेको हो ।

नगरपालिकाले विभिन्न पक्षसँग संवाद गरी सहमतिका आधारमा परियोजनालाई अघि बढाउने योजना रहेको जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  १० : ०८ बजे

अफगानिस्तानको बदख्सानमा हिमपहिरोमा फसेका चार जना मृत फेला

काबुल – अफगानिस्तानको उत्तरी भागमा पर्ने बदाख्सान प्रान्तमा हिमपहिरोमा परी

पार्टीमा युवालाई आकर्षित गर्न जरुरी छ : सभापति थापा

मोरङ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा युवालाई आकर्षित

इलाम गोल्डकप : मछिन्द्र फाइनलमा

इलाम – मछिन्द्र फुटबल क्लब इलाममा जारी तेस्रो इलाम गोल्डकपको

भक्तपुर मालपोत कार्यालयबाट ११ जना विचौलिया पक्राउ

भक्तपुर – भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरमा विचौलिया प्रवेश

सञ्चार मन्त्रालयले भन्यो : हचुवाका भरमा भ्रामक सामग्री सार्वजनिक नगर्नू

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो समय विभिन्न