पत्रकार सिंहमाथि आक्रमण, संलग्नलाई कारबाहीको माग « Khabarhub

पत्रकार सिंहमाथि आक्रमण, संलग्नलाई कारबाहीको माग


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासंघले बझाङ शाखाको दोस्रो कार्यकालका लागि अध्यक्ष रहेका पत्रकार ललितबहादुर सिंहमाथि भएको साङ्घातिक आक्रमणमा संलग्नमाथि कारबाहीको माग गरेको छ । 

महासंघका महासचिव रामप्रसाद दाहालले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर पत्रकार सिंहमाथि भएको साङ्घातिक आक्रमणमा संलग्नमाथि कारबाहीको माग गरेका हुन् ।  

‘जुनसुकै बहानामा भए पनि यो आक्रमणलाई महासंघले अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको जघन्य अपराधको रुपमा लिएको छ,’ महासंघले भनेको छ, ‘पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाउने यो घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाहीका लागि महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।’ 

घाइते पत्रकार सिंहले सोमबार राति १० बजेको समयमा जिल्ला सदरमुकाम चैनपुरको देवीस्थान होटेलमा खाना खाएर कोठामा फर्कने क्रममा आफूलाई मस्टा गाउँपालिका–४ का विनोद कठायतलगायतको समूहले आक्रमण गरेको बताएका छन् । आक्रमणका क्रममा प्रहार गरिएको चक्कु लागेर पत्रकार सिंहको निधारमा तीन टाँका लगाइएको छ ।

यसैबीच नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेश समितिले पनि विज्ञप्ति जारी गरेर सिंहमाथि गरिएको आक्रमणमा संलग्न माथि कारबाही गर्न माग गरेको छ ।

महासचिव हरिश भट्टद्वारा जारी विज्ञिप्तमा भनिएको छ, ‘सामुहिक सांघातिक आक्रमणमा संलग्न दोषीहरूमाथि यथाशीघ्र छानबिन गरी कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसंग प्रेस युनियन जोडदार माग गर्दछ ।’

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  १२ : ५० बजे

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै