गोकुल बास्कोटाको गुनासो- चार प्रधानमन्त्री फेरिए, चार किमि सडक बनेन, जनताले ढुंगा हान्न लागे | Khabarhub Khabarhub

गोकुल बास्कोटाको गुनासो- चार प्रधानमन्त्री फेरिए, चार किमि सडक बनेन, जनताले ढुंगा हान्न लागे


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले काभ्रेपलाञ्चोकको धुलिखेलदेखि खावासम्मको चार किलोमिटर सडको दयनीय अवस्थाबारे संसद्‍मा प्रश्न उठाएका छन् ।

मंगलबार बसेको संसद् बैठकको शून्य समयमा बोल्ने क्रममा उनले देशमा चारजना प्रधानमन्त्री फेरिँदा पनि उक्त चार किलोमिटर सडक बन्न नसकेको बताएका हुन् । बास्कोटाले संसद्‍को शून्य समयलाई पनि नसुन्ने समयको संज्ञा दिए ।

‘देशमा चारवटा प्रधानमन्त्री फेरिइसके तर धुलिखेलदेखि खावासम्मको चार किलोमिटर मोटर बाटो बनेन’, उनले भने, ‘अब पनि यदि यो बाटो नबनाउने हो भने जनताबाट ढुंगा खाने अवस्था आएको छ ।’

काभ्रेपलाञ्चोक जिल्लाले काठमाडौं उपत्यकालाई १७ प्रतिशत तरकारी पठाउने गरे पनि गतिलो शीतभण्डार नरहेकोमा चिन्ता व्यक्त गरे ।

‘काभ्रेले १७ प्रतिशतजति तरकारी काठमाडौंलाई दिन्छ । बनेपा, धुलिखेल, पनौती, मण्डन र बेथानचोक तरकारीका पकेट क्षेत्र हुन्’, उनले भने, ‘तर अहिले काभ्रेमा उत्पादित काउली तीन रुपैयाँ प्रतिकिलोमा बिकिरहेको छ ।’

उनले तरकारी नबिकेपछि कुहिएर जाने अवस्था हटाउन काभ्रेमा ठूला तीनवटा कोल्डस्टोर चाहिएको भन्दे सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  २ : ०८ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको