विपीन जोशी रिहाइका लागि भइरहेको प्रयासबारे सदनलाई जानकारी गराउन माग | Khabarhub Khabarhub

विपीन जोशी रिहाइका लागि भइरहेको प्रयासबारे सदनलाई जानकारी गराउन माग


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हमासले कब्जामा लिएका कञ्चनपुरको महेन्द्रनगरका विद्यार्थी विपीन जोशीको रिहाइका लागि सरकारले गरिरहेको प्रयासबारे सदनलाई जानकारी गराउन माग गरेका छन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा उनले इजरायलमा विद्रोही हमासले अपहरण गरेका विपीनको रिहाइका लागि सरकारले गरिरहेको प्रयासका बारेमा सदनलाई जानकारी गराउन माग गरेका हुन् । 

‘दुईथरीको बीचमा सम्झौता भयो । युद्ध विराम भयो । भएपछि हमासको गिरफतारिमा परेका धेरै देशका मान्छेहरू रिहाइ भए । तर, कञ्चनपुरका विपीन जोशीको अहिलेसम्म अत्तोपत्तो छैन । के हो, हाम्रो सकरारले त्यो मान्छेको कहाँ छ ?’ केसीले भने, ‘जिउँदो–मर्दो के छ ?यो संसदलाई जानकारी गराउन पर्दैन ? बाहिर–बाहिर कुरा सुनिन्छ, उहाँ जीवितै हुनुहुन्छ । हमासले नछोडेको मात्रै हो भनेर सरकारको जिम्मेवारी पूरा हुन्न । सरकारले के प्रयत्न गरेको छ रु कति कोसिस गरेको छ रु कहाँसम्म संघर्ष गरिराखेको छ ? रिहाइको लागि यो संसदलाई जानकारी होस् ।’

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  २ : १२ बजे

पत्रकार पाठक अदालतमा उपस्थित, न्यायाधीश भट्टको इजलासमा बयान

काठमाडौं– पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।