नयाँ शक्तिका केन्द्रीय सदस्य माओवादी केन्द्रमा प्रवेश « Khabarhub

नयाँ शक्तिका केन्द्रीय सदस्य माओवादी केन्द्रमा प्रवेश


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) नेतृत्वको केन्द्रीय कार्यसमिति परित्याग गरी सुर्खेतमा भीमबहादुर मल्ल ‘सुवास’ नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

मल्ललाई माओवादीको कर्णाली प्रदेश समितिको सातौँ बैठकमा सहभागी हुन सुर्खेत पुगेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खादा र माला लगाई पार्टीमा स्वागत गरेका हुन् । 

माओवादी केन्द्रमा प्रवेश गर्दै मल्लले नयाँ बनाउने नाममा अध्यक्ष भट्टराईले कम्युनिस्ट विचार छाडेको र आफूले भन्ने गरेको नयाँ विकल्पको दिशाहिन राजनीतिको औचित्य समेत समाप्त भएकाले पार्टी परित्याग गरेको बताए ।  

देश र जनतालाई माया गर्ने वास्तविक पार्टी माओवादी केन्द्र भएको भन्दै उनले आफू पुरानै घर फर्किएको बताउँदै माओवादी केन्द्रमा रहेर देश र जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ३ : ०० बजे

डा. डीआर उपाध्यायको नयाँ भजन ‘हरे कृष्ण’ सार्वजनिक

काठमाडौं – गीतकार डा. डीआर उपाध्याय खनालको नयाँ भजन ‘हरे

दावाको घटनाबारे बाबुरामले भने – राज्यप्रति बढ्दो निराशाको संकेत

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजधानीको केन्द्रमा युवाहरूले आत्मदाहको

बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो

काठमाडौं – रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट