सिमेन्टमा भएको मूल्यवृद्धिबारे अध्ययन हुनेछ : मन्त्री भण्डारी « Khabarhub

सिमेन्टमा भएको मूल्यवृद्धिबारे अध्ययन हुनेछ : मन्त्री भण्डारी


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले सिमेन्टमा भएको मूल्यवृद्धिका विषयमा अध्ययन हुने बताएका छन् । 

सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा उनले सिमेन्टमा भएको मूल्यवृद्धिका साथै उत्पादन र लागतको अवस्थाका अध्ययन गर्न समिति गठन गरिएको जानकारी दिए ।

उनले केही सिमेन्ट उद्योगहरूले घाटामा सिमेन्ट बिक्री गर्नुपरेको गुनासो गरेको भन्दै सबै विषयमा अध्ययन हुने जिकिर गरे । उनले उपभोक्तालाई पनि मारमा पर्न नदिने र उद्योगीहरूलाई पनि निरुत्साहित नबनाइएको स्पष्ट पारे । मुलुकको आत्मनिर्भर उद्योगको रूपमा रहेको सिमेन्ट उद्योगका बारेमा सरकारले नसोच्ने हो भने अन्य उद्योगजस्तै धरासयी हुने उनले बताए ।

उनले अहिले बढेको मूल्यमा समेत घाटा भएको व्यवसायीले जनाएको जिकिर गरे । मन्त्री भण्डारीले अघोषित लोडसेडिङका कारण पनि सिमेन्टको मूल्यवृद्धि भएको जानकारी गराएपछि सांसदहरूले आपत्ति जनाएका थिए । त्यसपछि मन्त्री भण्डारीले  सिमेन्टको मूल्यवृद्धि नियन्त्रण गर्ने दायित्व सरकारको भएको भन्दै समितिको निर्देशन स्वीकार्य हुने जिकिर गरे ।

त्यस्तै समिति सदस्यहरूले सिमेन्टमा भएको मूल्यवृद्धि अस्वाभाविक भएको भन्दै तत्काल नियन्त्रण गर्न राज्य गम्भीर हुनुपर्ने धारणा राखेका थिए । 

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ४ : ४५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु