सिमेन्टमा भएको मूल्यवृद्धिबारे अध्ययन हुनेछ : मन्त्री भण्डारी | Khabarhub Khabarhub

सिमेन्टमा भएको मूल्यवृद्धिबारे अध्ययन हुनेछ : मन्त्री भण्डारी


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले सिमेन्टमा भएको मूल्यवृद्धिका विषयमा अध्ययन हुने बताएका छन् । 

सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा उनले सिमेन्टमा भएको मूल्यवृद्धिका साथै उत्पादन र लागतको अवस्थाका अध्ययन गर्न समिति गठन गरिएको जानकारी दिए ।

उनले केही सिमेन्ट उद्योगहरूले घाटामा सिमेन्ट बिक्री गर्नुपरेको गुनासो गरेको भन्दै सबै विषयमा अध्ययन हुने जिकिर गरे । उनले उपभोक्तालाई पनि मारमा पर्न नदिने र उद्योगीहरूलाई पनि निरुत्साहित नबनाइएको स्पष्ट पारे । मुलुकको आत्मनिर्भर उद्योगको रूपमा रहेको सिमेन्ट उद्योगका बारेमा सरकारले नसोच्ने हो भने अन्य उद्योगजस्तै धरासयी हुने उनले बताए ।

उनले अहिले बढेको मूल्यमा समेत घाटा भएको व्यवसायीले जनाएको जिकिर गरे । मन्त्री भण्डारीले अघोषित लोडसेडिङका कारण पनि सिमेन्टको मूल्यवृद्धि भएको जानकारी गराएपछि सांसदहरूले आपत्ति जनाएका थिए । त्यसपछि मन्त्री भण्डारीले  सिमेन्टको मूल्यवृद्धि नियन्त्रण गर्ने दायित्व सरकारको भएको भन्दै समितिको निर्देशन स्वीकार्य हुने जिकिर गरे ।

त्यस्तै समिति सदस्यहरूले सिमेन्टमा भएको मूल्यवृद्धि अस्वाभाविक भएको भन्दै तत्काल नियन्त्रण गर्न राज्य गम्भीर हुनुपर्ने धारणा राखेका थिए । 

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ४ : ४५ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग