रास्वपाको टिप्पणी- प्रेमिल जोडीलाई पक्राउ गर्न गृहको ‘भिजिबिलिटी’ मुम्बई पुग्यो « Khabarhub

रास्वपाको टिप्पणी- प्रेमिल जोडीलाई पक्राउ गर्न गृहको ‘भिजिबिलिटी’ मुम्बई पुग्यो


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


864
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सत्येन्द्र चमार र नेहा रौनियारलाई पक्राउ गर्न मुम्बई (भारत)सम्म गृह मन्त्रालयको ‘भिजिबिलिटी’ पुगेको टिप्पणी गरेका छन् ।  

बल्खु खोलामा बाढी गएको बेला चार जनाको उद्धार गर्न ‘भिजिबिलिटी’ नपुगेको गृह मन्त्रालयको ‘भिजिबिलिटी’ प्रेमिल जोडी पक्राउ गर्न मुम्बईसम्म पुगेको उनले टिप्पणी गरेका हुन् । 

‘अस्ती बल्खुमा बाढी जाँदै गर्दाखेरि चार जना छानामा कुर्दै गर्दा भिजिबिलिटी नपुगेको गृह प्रशासनको अस्ती सत्येन्द्र चमार र नेहा रौनियारलाई समात्न त भिजिबिलिटी मुम्बईसम्म पुगेछ त,’ मंगलबार प्रतिनिधिसभाको बैठकमा भने । 

सांसद झाले चमार र रौनियार अपराधी नभएको पनि प्रस्ट्याए । 

‘के उहाँ (सत्येन्द्र–नेहा)हरू हत्यारा हो रु अपराधी हो ?,’ उनले प्रश्न गरे, ‘मुम्बईसम्म पक्राउ गर्न प्रहरी पठाउने ? भिजिबिलिटी पुग्छ त त्यहाँ ? यहाँ चार जना गरिबहरू छानामा कुरी राख्दा भिजिबिलिटी नपुग्ने, त्यता त पुग्दो रहेछ ।’

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ५ : १९ बजे

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको