एमाले सांसद रेखालाई मुद्दा नचलाएपछि बालेनले घरेलु श्रमिक किशोरीलाई भने, ‘सरी नानु’ « Khabarhub

एमाले सांसद रेखालाई मुद्दा नचलाएपछि बालेनले घरेलु श्रमिक किशोरीलाई भने, ‘सरी नानु’


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एकजना किशोरीलाई घरेलु कामदार बनाई बालबालिकाविरुद्धको कसुर लागेकी नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मालाई मुद्दा नचलाउने निर्णयपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साले ‘बालेन’ले विरोध जनाएका छन् ।

एमालेकी लुम्बिनी प्रदेश सांसद शर्माविरुद्ध सरकारले मुद्दा नचलाउने निर्णय गरेपछि बालेनले सामाजिक सञ्जालमार्फत् ती किशोरीलाई सम्बोधन गर्दै कु-कर्म गर्नेलाई तह लगाउन समय आउने बताए । उनले ती किशोरीसँग फेसबुकमै ‘सरी नानु’ भनेर माफ पनि मागेका छन् ।

‘यस्तै विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ’, उनले भनेका छन्, ‘समाज बुझ्नु पर्छ । तिम्रा पीडककाविरूद्ध मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु, समय आउनेछ ।’

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले २०८१ माघ १ गते नै शर्माविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो ।

दाङबाट निर्वाचित प्रदेश सांसद शर्माले १४ वर्षीया किशोरीलाई ८ वर्षदेखि घरेलु कामदारका रूपमा राख्दै आएकी थिइन् । ती किशोरीलाई यातना दिइएको जानकारी पाएपछि काठमाडौं महानगरले उद्धार गरेको थियो ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ५ : ४३ बजे

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

बागलुङ– दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ

सङ्गठित अपराधको कसुरमा चारजना पक्राउ

काठमाडौँ– केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा पाँच

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग