चोरीको मोबाइलले विवाद हुँदा कुटाकुट, २३ वर्षीय युवकले गुमाए ज्यान « Khabarhub

चोरीको मोबाइलले विवाद हुँदा कुटाकुट, २३ वर्षीय युवकले गुमाए ज्यान


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


834
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं प्रहरीले मोबाइल फोन चोरीको घटनामा दुई समूहबीच विवाद हुँदा एकजनाको ज्यान गएको घटना सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै चाबहिलको कुमारीगालमा चोरीको मोबाइल फोन लिने विषयमा दुई समूहबीच विवाद हुँदा २३ वर्षीय संघर्ष कार्कीको मृत्यु भएको खुलाएको हो।

एउटा समूहले चोरेको मोबाइल फोनमा अर्को समूहले दाबी गर्दा विवाद उत्पन्न भएको थियो । त्यही क्रममा झगडा हुँदा कार्कीको मृत्यु भएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी अपिलराज बोहोराले जनाकारी दिए । कार्कीको ज्यान गएको घटनामा तीनजनालाई पक्राउ गरिएको उनले बताए ।

त्यस्तै प्रहरीले काठमाडौंको डल्लुस्थित एक व्यक्तिको घरबाट सुनको गरगहना चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

डल्लुको एक घरमा भाडामा बस्ने सुनिता ठकुरीको डेराबाट सुनको गहरगहना चोरी गरेको आरोपमा नरेन्द्र देउला, कोमलबहादुर कार्की र भारतका जाहगिर मलिकलाई पक्राउ गरिएको सूचना अधिकारी बोहोराले बताए ।

पक्राउ परेकामध्ये नरेन्द्र देउला यसअघि पनि अपराधिक कार्यमा संलग्न रहेको खुलेको उनले बताएका छन् ।

त्यस्तै प्रहरीले काठमाडौंको बूढानीलकण्ठमा अनलाइन बेटिङ गराएको आरोपमा केहीलाई पक्राउ गरेको छ । चालू आर्थिक वर्षमा ६ वटा अनलाइन बेटिङका घटनामा अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ५ : ५३ बजे

पार्टीको विवाद अदालतमा पुनरावलोकन भइरहेको छ, धेरै टिप्पणी गर्दिनँ : देउवा

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको विवाद सर्वोच्च अदालतमा

संसद्‌ भवन परिसरमा वृक्षारोपण  

काठमाडौं– निर्माणाधीन सङ्घीय संसद्‌ परिसरमा वृक्षारोपण गरिएको छ ।  शुक्रबार

ग्यासको हाहाकार टार्न चितवनमा एकद्वार प्रणाली (तस्बिरहरू)

भरतपुर– ग्यासको हाहाकार भएपछि चितवनमा एकद्वार प्रणालीबाट वितरण थालिएको छ ।

सुकेधाराबाट इतर पक्षको घोषणा : गगन थापालाई कांग्रेसको सभापति मान्दैनौँ

काठमाडौं- नेपाली कांग्रेसभित्र सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा

गगनमाथि पूर्णबहादुरको प्रहार : अवैध विशेष महाधिवेशनबाट सभापति बने, चुनावमा आफू र पार्टीलाई खाल्डामा पारे

काठमाडौं- नेपाली कांग्रेसका तत्कालीन उपसभापति पूर्णबहादुर खड्काले सभापति गगन थापामाथि