पर्सामा भारतीय नागरिकको शव भेटियो, हत्याको आशंका « Khabarhub

पर्सामा भारतीय नागरिकको शव भेटियो, हत्याको आशंका


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

रौतहट– पर्सा जिल्लाको पश्चिमीभेग ठोरी गाउँपालिकामा एक जना भारतीय नागरिकको हत्या भएको आशंका गरिएको छ। 

ठोरी गाउँपालिका – ४ बाघमोर्चा पुल नजिकै आज भारतीय पुरुष हत्या गरी फालिएको शंकास्पद अवस्थामा शव भेटिएको हो । गाउँलेहरूले शव हेरेर प्रहरीलाई खबर गरेका थिए ।

मृतक भारतीय नागरिक भारत बिहार पश्चिमी चम्पारणका ५१ वर्षीय राजदेव माझीको रूपमा पहिचान भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी किशोर लम्सालले बताएका छन्।

प्रवक्ता लमसालले मृतकको घाँटीमा सल बेरिएको र दाग देखिएको कारण कसैले हत्या गरेर शवलाई त्यहाँ फालेको हुनसक्ने न्युज कारखाना लाई बताएका छन्। उक्त हत्या कसले र किन गरेको हो पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने प्रवक्ता लम्सालले जानकारी दिएका छन्।

घटनास्थलमा पुगेको प्रहरी टोलीले शवलाई मुचुल्का गरेर पोस्टमार्टमको लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाएको तथा घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ६ : १४ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १