प्रचण्डले अस्थिरता मच्चाउने प्रयास गरिरहेका छन् : प्रदीप ज्ञवाली « Khabarhub

प्रचण्डले अस्थिरता मच्चाउने प्रयास गरिरहेका छन् : प्रदीप ज्ञवाली


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

रौतहट – नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रमको खेती गरेर देशलाई अस्थिरतातर्फ धकेल्न खोजेको आरोप लगाएका छन्। दाहाललाई लक्षित गर्दै उनले विकास हेरेर केही नेतालाई ‘ज्वरो आउने’ गरेको टिप्पणी गरे।

रौतहटको गरुडामा मंगलबार आयोजित अभिमुखीकरण कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै ज्ञवालीले यस्तो टिप्पणी गरेका हुन्।

नेकपाको दुई तिहाइको सरकार भत्काउनेहरूले अहिले देशलाई अस्थिरतातिर लैजाने प्रयास गरिरहेकोले कांग्रेस पार्टीसँग मिलेर एमालेले स्थायी सरकार बनाएको उनले बताए।

प्रचण्डले आफू प्रधानमन्त्री हुँदा देशमा सबै ठिक र सरकार छोडेपछि जनतामाझ अनेक भ्रम पैदा गरिरहेको उनको आरोप छ ।

‘प्रचण्डकै अगुवाइमा कोशी प्रदेश नामाकरण गरिएको थियो तर अहिले उनी प्रधानमन्त्री नहुँदा नागरिकलाई जुधाउने काम गरिरहेका छन्,’ उनले भने ।

प्रचण्ड प्रधानमन्त्री हुँदा रास्वापा सभापति रवि लामिछानेको सांसद पद जाँदा उपचुनाव भएको स्मरण गर्दै ज्ञवालीले अहिले प्रचण्डले एमाले–कांग्रेस मिलेर रविलाई फसाउने काम गरेको भनी रविलाई उचाल्ने काम प्रचण्डले गरिरहेको बताए।

‘नेपालमा ३७ वर्ष एमाले भूमिगत रहेको पार्टी हो। त्यसको आधा अवधि प्रतिपक्षमा रहँदा कुनै फरक परेन तर अहिले प्रचण्ड सता छोड्नेवितिकै छट्पटाए,’ उनले भने।

‘नेपालमा औसतमा १४ महिना मात्र कुनै पनि सरकार चल्ने गरेको छ, भारतमा मोदी तेस्रो पटक प्रधानमन्त्री बनेका छन्, चीनमा लामो समयदेखि एउटै प्रधानमन्त्री छन्, अनि त्यहाँको विकास भएको छ,’ ज्ञवालीले थपे।

प्रचण्ड र मधेशवादी पार्टीप्रति आक्रोसित मुद्रामा पेस भएका ज्ञवालीले माओवादीको १० वर्षे द्वन्द्वले देश पछाडि मात्रै गएको नभएर १७ हजार नेपालीको मृत्यु, हजारौं घाइते भएको देशको अवस्था सामान्य बनाउन २० वर्ष लागेको बताए।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ९ : ०८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु