खुकुरी प्रहार गरी दुई जनाको हत्या, आरोपित व्यक्तिको शव भेटियो « Khabarhub

खुकुरी प्रहार गरी दुई जनाको हत्या, आरोपित व्यक्तिको शव भेटियो


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

रूकुम पश्चिम – रूकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ महिने नाबालकसहित दुई जनाको हत्या भएको छ ।

मङ्गलबार दिउँसो ३ बजेको समयमा एकै घरका आठ महिनाका समीर बुढा र ६० वर्षीय ढाँटी बुढाको हत्या भएको हो । समीर र ढाँटी नाति र हजुरआमा हुन् । सोही ठाउँका ५१ वर्षीय चन्द्रसिंह पुनले उनीहरूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

खरेलका अनुसार दुवै जनाको खुकुरी प्रहार गरेर हत्या गरिएको छ । स्थानीयले घटनाको बारेमा जानकारी गराएपश्चात् प्रहरी घटनास्थलमा पुगेको थियो । घटनास्थल पुग्दा दुवै जना मृत अवस्थामा फेला परेको उनले जानकारी दिए । घटनामा संलग्न ५१ वर्षीय चन्द्रसिंह पुनको पनि मृत्यु भएको छ ।

हत्या गरेर भाग्ने क्रममा भीरबाट खसेर सोही वडाको खुलखुले खोलामा उनको शव फेला परेको उनले जानकारी दिए । चन्द्रसिंहले भिरबाट हामफालेर आत्महत्या गरेको अनुमान गरिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वले जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  १० : २५ बजे

पाँच दिनमै ‘बाटुलो जुन’को कमाइ ५ करोड ७५ लाख पार, नेपाली बक्स अफिसमा नयाँ रेकर्डको दाबी

काठमाडौं– नेपाली फिल्म ‘बाटुलो जुन’ले प्रदर्शनको सुरुआती दिनमै बक्स अफिसमा

दक्षिण अफ्रिकामा एकै दिन भएका दुई छुट्टाछुट्टै गोलीकाण्डमा १७ जनाको मृत्यु

जोहानेसबर्ग– दक्षिण अफ्रिकामा आइतबार भएका दुई छुट्टाछुट्टै सामूहिक गोलीकाण्डमा कम्तीमा

दूधको मूल्य नबढाए आन्दोलन गर्ने दुग्ध उत्पादक सहकारीको चेतावनी

काठमाडौं– चितवनका दुग्ध किसानहरूले दुधको मूल्यवृद्धि गर्न माग गरेका छन्

महँगी नियन्त्रणमा सरकार असफल, जनजीविकाका मुद्दा कांग्रेसले उठाउनुपर्छ : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जनजीविकाका मुद्दाहरूमा गम्भीर हुनुपर्ने

देव र करिश्माको प्रेम र वियोग समेटिएको ‘जे गर तिमी’ सार्वजनिक

काठमाडौँ – अभिनेता देव नेपालीको अभिनय रहेको नयाँ गीत ‘जे