कतारमा वार्ता हुँदै गर्दा गाजाको राहत वितरणमा इजरायलको अवरोध « Khabarhub

कतारमा वार्ता हुँदै गर्दा गाजाको राहत वितरणमा इजरायलको अवरोध


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

गाजा – सोमबार कतारमा गाजा क्षेत्रमा युद्ध विरामका लागि वार्ता भएको समयमा इजरायलले गाजामा भइरहेको राहत वितरणमा अवरोध गरेको छ।

इजरायलले गाजामा बिजुली बत्तीको लाइन काटेको छ। यसले त्यहाँ बत्ती र पानी दुवैको अभाव देखिएको छ। संसार भरका धेरै देशले यो कामको आलोचना गरेका छन्।

यमनको हाउथी समुदायले भने इजरायलले गाजामा राहत वितरणमा गरिएको अवरोध अन्त्य नगरे यसले रेड सी मार्फत् इजरायलमा आक्रमण गर्ने जनाएको छ। इजरायलले सिरियामा समेत आक्रमण गरेको छ।

सिरियाको समाचार संस्थाले जनाए अनुसार इजरायली जेटले सिरियाको दक्षिणी क्षेत्र डाराका जवर र इजारामा आक्रमण गरेको हो।

कतारले अहिले गाजामा राहत वितरणमा गरिएको अवरोधको लक्ष्य भोकमरी निम्त्याउने भएको आरोप लगाएको छ। इजरायलको यो कदमको सर्वत्र आलोचना भएको छ।

एमनेस्टीले यसलाई अन्तर्राष्ट्रिय मानवता विरोधी कानुनको उल्लङ्घन भएको ठहर गरेको छ। साथै इजरायल नरसंहार उन्मुख भएको बताएको छ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ६ : ५२ बजे

चीनले अन्तरिक्षमा नयाँ उपग्रह पठायो

एजेन्सी – चीनले २०२६ को अन्तरिक्ष अभियानको सुरुवात गर्दै मङ्गलबार

भाइरल गोर्खोको प्रिमियर : नेपाली पहिरनमा सौगात-श्रृष्टि

काठमाडौं – नायक सौगात मल्ल र नायिका श्रृष्टि श्रेष्ठ केन्द्रीय

गगन-विश्वलाई कांग्रेस संस्थापनको कारबाही, पार्टीबाट पाँच वर्षका लागि निष्कासन

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश

थाइल्यान्डमा रेल दुर्घटना, २२ जनाको मृत्यु

बैंकक– थाइल्यान्डमा उच्च गतिको रेल परियोजना अन्तर्गत निर्माण भइरहेको रेल

सानेपामा पूर्णबहादुर खड्काको ब्रिफिङ : कांग्रेस फुट्ने निश्चित भयो

काठमाडौं- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अब पार्टी फुट्ने