मायंक यादवले आइपीएल गुमाउने « Khabarhub

मायंक यादवले आइपीएल गुमाउने


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लखनाउ सुपर जायन्ट्सका फास्ट बलर मायंक यादवले आइपीएल गुमाउने भएका छन्। गत अक्टोबरमा बंगलादेशसँगको खेलमा टी-२० डेब्यु गरेका उनी त्यसपछि ढाडको चोटले ग्रसित छन्। भारतीय क्रिकट बोर्डले उनी खेलमा फर्कने मिति बताएको छैन।

उनको अनुपस्थिति लखनउका लागि ठूलो धक्का हो। उनी ११ करोड भारतीय रुपियाँमा टोलीमा आवद्ध भएका थिए। सन् २०२४ मा उनी २० लाख भारतीय रुपियाँमा नै सो टोलीमा भित्रिएका हुन्।

१५० किलोमिर प्रतिघन्टाको दरले लगातार बलिङ गर्नसक्ने उनी आइपिएलको सुरुवाती दुई खेलमा नै म्यान अफ द म्याच भएका थिए।

२०२४ को आइपिएलमा उनले चोटका कारण चार खेल मात्र खेलेका थिए। त्यसपछि बंगलादेशसँगको खेलमा भारतीय टोलीमा आवद्ध गराइएका उनले फेरि चोट बाकेका थिए।

गत फेब्रुअरीमा लखनाउका टिम निर्देशक जाहिर खानले मायंक खेलमा फर्कने बारेमा बिसिसिआईसँग सम्पर्क भइरहेको बताएका थिए।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ७ : ४६ बजे

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश