मायंक यादवले आइपीएल गुमाउने | Khabarhub Khabarhub

मायंक यादवले आइपीएल गुमाउने


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लखनाउ सुपर जायन्ट्सका फास्ट बलर मायंक यादवले आइपीएल गुमाउने भएका छन्। गत अक्टोबरमा बंगलादेशसँगको खेलमा टी-२० डेब्यु गरेका उनी त्यसपछि ढाडको चोटले ग्रसित छन्। भारतीय क्रिकट बोर्डले उनी खेलमा फर्कने मिति बताएको छैन।

उनको अनुपस्थिति लखनउका लागि ठूलो धक्का हो। उनी ११ करोड भारतीय रुपियाँमा टोलीमा आवद्ध भएका थिए। सन् २०२४ मा उनी २० लाख भारतीय रुपियाँमा नै सो टोलीमा भित्रिएका हुन्।

१५० किलोमिर प्रतिघन्टाको दरले लगातार बलिङ गर्नसक्ने उनी आइपिएलको सुरुवाती दुई खेलमा नै म्यान अफ द म्याच भएका थिए।

२०२४ को आइपिएलमा उनले चोटका कारण चार खेल मात्र खेलेका थिए। त्यसपछि बंगलादेशसँगको खेलमा भारतीय टोलीमा आवद्ध गराइएका उनले फेरि चोट बाकेका थिए।

गत फेब्रुअरीमा लखनाउका टिम निर्देशक जाहिर खानले मायंक खेलमा फर्कने बारेमा बिसिसिआईसँग सम्पर्क भइरहेको बताएका थिए।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ७ : ४६ बजे

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार