प्रधानमन्त्री कप क्रिकेट : आज दुई खेल हुँदै « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : आज दुई खेल हुँदै


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।

आज कोशी र मधेश प्रदेश तथा गण्डकी र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल बिहान ९ बजे सुरु हुने छन् ।

कोशी र मधेशबीचको खेल भैरहवास्थित सिद्धार्थनगर रङ्गशालामा हुनेछ । गण्डकी र कर्णालीको खेल दाङको देउखुरी क्रिकेट मैदानमा हुनेछ ।

जारी प्रतियोगितामा कोशी प्रदेश पहिलो खेलमा पराजित भएको छ भने मधेशले आज पहिलो खेल खेल्दैछ ।

यसैगरी, कर्णाली र गण्डकीले आज दोस्रो खेल खेल्दैछन् । पहिलो खेलमा कर्णालीले जित हासिल गरेको थियो भने गण्डकी पराजित भएको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ७ : ३१ बजे

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको

रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई