धवलागिरि आँखा अस्पताललाई  उपकरण सहयोग « Khabarhub

धवलागिरि आँखा अस्पताललाई  उपकरण सहयोग


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बागलुङ– धवलागिरि आँखा अस्पताललाई आवश्यक पर्ने उपकरण तथा स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

लायन्स क्लब इन्टरनेशनल (डिस्ट्रिक ३२५ के)ले आँखा अस्पताललाई आँखा उपचारमा सहयोग पुर्‍याउन ८० लाख रुपैयाँ बराबरको उपकरण तथा स्वास्थ्य सामग्री  प्रदान गरिएको लायन्स क्लब इन्टरनेशनल ३२५ नेपालका पूर्वगभर्नर राजेन्द्र बाटाजुले जानकारी दिए ।

धवलागिरि आँखा अस्पतालमा आँखाको उपचार गर्न आउने बिरामीलाई काठमाडौं तथा पोखराको जस्तो स्वास्थ्य सेवा दिने उद्देश्यले आँखा उपचारमा सहयोग पुर्‍याउन उक्त उपकरण सहयोग गरिएको हो ।

अहिले प्राप्त भएको अटो टाइपको मेसिनबाट अस्पतालमै सहज र सुरक्षित अनि छिटो आँखाको उपचार गर्न सहज हुने धवलागिरी आँखा अस्पतालका नेत्र सहायक बिनम लामिछानेले जानकारी दिए । ८० लाख रुपैयाँ बराबरका अत्याधुनिक उपकरण, आँखाको शल्यक्रिया गर्ने उपकरण, फेको प्रविधिका अन्य सामग्री तथा आँखा उपचारमा सघाउने स्वास्थ्य सामग्री तथा उपकरण सहयोग प्राप्त भएको हो ।

उक्त उपकरण खरिदमा लागेको ३० प्रतिशत रकम बागलुङ नगरपालिका र धवलागिरि आँखा अस्पतालको साझेदारीमा संयुक्त लगानी गरिएको हो ।

अस्पतालमा दैनिक ३० जना आँखाका बिरामी आउने गरेका छन्  । पछिल्लो समय मोबाइल तथा कम्प्युटरजस्ता विद्युतीय उपकरणको प्रयोगबाट आँखामा समस्या आउन थालेपछि बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ८ : २२ बजे

सिरहाको गोलबजारमा ज्यान गुमाएका युवकको घाँटीमै गोली

काठमाडौं- प्रहरीले गत आइतबार सुनसरीको देवानगञ्जमा अपनाएकै तरिकाको प्रयोग सिरहाको

विपक्षीले जवाफ माग्दा सदन नै स्थगित

काठमाडौं– देशमा भएको पछिल्लो राजनीतिक अवस्थाको विषयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग

सामाजिक सद्भाव र शान्ति कायम गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा विकास भइरहेका पछिल्ला

सुनसरी घटनापछि मोरङमा सर्वपक्षीय बैठक (तस्बिरहरू)

मोरङ– दुई समुदायबीच सुनसरीमा हिंसात्मक झडपपछि अन्य जिल्लामा प्रदर्शन विस्तार

राष्ट्रिय एकता र सद्भाव कायम गर्न प्रधानमन्त्रीले आवश्यक समन्वय गर्नुपर्छ : वर्षमान पुन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले देशमा राष्ट्रिय एकता