‘जनताले राजासहितको लोकतन्त्र खोजेका छन्’ « Khabarhub

‘जनताले राजासहितको लोकतन्त्र खोजेका छन्’


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले सच्चा लोकतन्त्रवादीले राजा आउँदा आत्तिनु नपर्ने बताएका छन् । 

आज सामाजिक सञ्जालमा थापाले जनताले लोकतन्त्रको विकल्प खोजेको नभइ राजासहितको लोकतन्त्र खोजेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्– ‘लोकतन्त्रको विकल्प राजतन्त्र होइन, हुन सक्दैन ।त्यो सबैले बुझेका छन् । जनताले लोकतन्त्रको सट्टा निरङ्कुशता खोजेको होइन। जनताले लोकतन्त्रको विकल्प खोजेको पनि होइन, राजासहितको लोकतन्त्र खोजेको हो।’

थापाले लोकतन्त्रको नाममा हाल कायम छाडातन्त्र, सिण्डिकेटतन्त्र र लुटतन्त्रको विकल्प खोजेको उल्लेख गर्दै मर्यादित र जवाफदेही लोकतन्त्र खोजेको उल्लेख गरेका छन् ।

उनले राजासहितको प्रजातन्त्र विश्वमा सर्वाधिक सफल प्रजातन्त्र मानिएको पनि जिकिर गरे ।

उनले बेलायत, जापान, नर्वे लगायतका कयौँ मुलुकमा राजासहितको प्रजातन्त्र सर्वाधिक सफल प्रजातन्त्र मानिएको बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  १० : ३६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया