‘जनताले राजासहितको लोकतन्त्र खोजेका छन्’ « Khabarhub

‘जनताले राजासहितको लोकतन्त्र खोजेका छन्’


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले सच्चा लोकतन्त्रवादीले राजा आउँदा आत्तिनु नपर्ने बताएका छन् । 

आज सामाजिक सञ्जालमा थापाले जनताले लोकतन्त्रको विकल्प खोजेको नभइ राजासहितको लोकतन्त्र खोजेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्– ‘लोकतन्त्रको विकल्प राजतन्त्र होइन, हुन सक्दैन ।त्यो सबैले बुझेका छन् । जनताले लोकतन्त्रको सट्टा निरङ्कुशता खोजेको होइन। जनताले लोकतन्त्रको विकल्प खोजेको पनि होइन, राजासहितको लोकतन्त्र खोजेको हो।’

थापाले लोकतन्त्रको नाममा हाल कायम छाडातन्त्र, सिण्डिकेटतन्त्र र लुटतन्त्रको विकल्प खोजेको उल्लेख गर्दै मर्यादित र जवाफदेही लोकतन्त्र खोजेको उल्लेख गरेका छन् ।

उनले राजासहितको प्रजातन्त्र विश्वमा सर्वाधिक सफल प्रजातन्त्र मानिएको पनि जिकिर गरे ।

उनले बेलायत, जापान, नर्वे लगायतका कयौँ मुलुकमा राजासहितको प्रजातन्त्र सर्वाधिक सफल प्रजातन्त्र मानिएको बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  १० : ३६ बजे

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल कात्तिक १३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १३ गते शुक्रबार सन् २०२६

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली