प्रधानमन्त्री ओलीले कोशी प्रदेशसभालाई सम्बोधन गर्दै « Khabarhub

प्रधानमन्त्री ओलीले कोशी प्रदेशसभालाई सम्बोधन गर्दै


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दैछन् । प्रदेशसभा सचिवालयका अनुसार बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।

प्रधानमन्त्री ओलीले यसअघि कर्णाली र सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गरिसकेका छन् ।

प्रधानमन्त्रीले सम्बोधन गर्ने भएपछि सत्तारुढ एमाले र कांग्रेस सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ । तर, माओवादी केन्द्रसहितका प्रतिपक्षी दलले औपचारिक जानकारी नआएको भन्दै बहिष्कारको चेतावनी दिएका छन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दलका नेताहरूसँग सम्पर्क गरेर सहकार्य गर्न आग्रह गरेका छन् ।

यसअघि, प्रधानमन्त्री ओली मोरङको सुन्दरहरैंचास्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा पुग्नेछन् । उनले त्यहाँ गिरिजाप्रसाद कलेज अफ एग्रिकल्चर रिसर्च र पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ हेल्थ एण्ड साइन्सका भवनहरू उद्‌घाटन गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी भई साढे २ बजे प्रदेशसभा बैठकलाई सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गर्दै मोरङमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ११ : ४२ बजे

ग्रिनल्यान्ड भू–राजनीतिक बहसको केन्द्रमा

एजेन्सी – ग्रिनल्यान्ड अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टापु नियन्त्रण गर्ने

बजारमा बढ्यो तरुल, सखरखण्ड, पिँडालुको बिक्री (तस्बिरहरू)

काठमाडौं– माघे संक्रान्ति पर्वको आगमनसँगै राजधानीको कालीमाटी फलफूल तथा तरकारी

गगन–विश्व कारवाहीपछि महेश बस्नेतको टिप्पणी- ‘लासहरूको पार्टी हैन भन्नेले कांग्रेसलाई खरानी बनाए’

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो

बङ्गलादेशमा निर्वाचनअघि आगमन भिसा निषेध

एजेन्सी– बङ्गलादेशले आम चुनाव तथा जनमत सङ्ग्रह अघि जनवरी– १५

गाजामा युद्धविरामपछि सयभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ

एजेन्सी– गत अक्टोबरको युद्धविराम पछि गाजा पट्टीमा इजरायली ड्रोन तथा