युवासंघका झापा जिल्ला इन्चार्जसहित तीन जनामाथि खुकुरी प्रहार, अवस्था गम्भीर | Khabarhub Khabarhub

युवासंघका झापा जिल्ला इन्चार्जसहित तीन जनामाथि खुकुरी प्रहार, अवस्था गम्भीर


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय युवा संघ नेपाल झापा जिल्ला इन्चार्ज खगेन्द्रराज आङ्देम्बे ‘राज’सहित तीन जनामाथि गएराति आक्रमण भएको छ । आक्रमणमा तीनैजना गम्भीर घाइते भएका छन् ।

आक्रमणमा घाइते हुनेहरूमा आङ्देम्बेसहित विश्वदीप राजवंशी र अजय खवास छन् । मा तीनैजना घाइतेहरूको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

इन्चार्ज आङ्देम्बेको आईसीयु र अरू दुईजनाको अर्थोवार्डमा उपचार भइरहेको छ । आङ्देम्बेलाई खुकुरी प्रहार गरिँदा उनको अनुहारमा गम्भीर चोट लागेको छ। अन्यको हात र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

उनीहरूमध्ये आङ्देम्बेलाई बिर्तामोड–४ का खगेन्द्र खालिङले राति करिब १ बजे घरमा बोलाएका खुलेको छ। घरभित्र पस्न चेनगेटमा पुग्नेबित्तिकै खुकुरी प्रहार भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घाइते खवासले पत्रकारहरूलाई बताएअनुसार आङ्देम्बेको हत्या गर्ने उद्धेश्यले खुकुरी प्रहार भएको हो । ‘आङ्देम्बेलाई खुकुरी प्रहार गर्दा मैले रोक्ने प्रयास गरेँ’, खवासले भने ‘मेरा हातका ४ वटा औँला काटिए । आक्रमण योजनावद्ध गरिएको छ ।’

अर्का घाइते राजवंशीलाई भद्रपुर रोडस्थित दरबार रेस्टुरेन्टबाट ओर्लिएपछि मोटरसाइकलमा आएका त्यही समूहका ४ जनाले आक्रमण गरेका थिए ।

घटनाको जानकारी पाएपश्चात संलग्नको खोजी भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक सन्तोष राईले बताएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  १ : २४ बजे

ढुकुटीको भ्वाङ बढाएका अर्थमन्त्री पौडेल तनावमा, खर्च बढाउन सचिव गुहारे

काठमाडौं – संसद्‌का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा

प्राधिकरणबाट घिसिङलाई हटाइएकामा माओवादी केन्द्रको विरोध

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेपाल विद्युत् प्राधिकरणका

कांग्रेसमा विचित्र : नेताजति असहमत, निर्णयकर्ता अदृष्य !

काठमाडौं– सरकारले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त

कुलमानलाई किन हटाएको ? एमाले नेताका तीनथरी तर्क

काठमाडौं– सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी

हितेन्द्रदेवको तर्क- मैले न्याय पाएँ, अब लोडसेडिङ हुँदैन, चाँडै सकारात्मक नतिजा आउँछ

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले पदभार