गणतन्त्रवादीलाई संसद्‍बाटै राप्रपाको चेतावनी- अहिलेबाटै लुक्ने ठाउँ खोजे हुन्छ « Khabarhub

गणतन्त्रवादीलाई संसद्‍बाटै राप्रपाको चेतावनी- अहिलेबाटै लुक्ने ठाउँ खोजे हुन्छ


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले गणतन्त्रवादी दलका नेताहरूलाई अहिलेबाटै लुक्ने ठाउँ खोज्न चेतावनी दिएकी छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले यस्तो चेतावनी दिएकी हु्न् । कार्कीले नेपालमा लेनिन र माओको भूत बोकेर हिँड्ने भन्दै कम्युनिष्ट पार्टीहरूलाई पनि कटाक्ष गरिन् ।

‘एकजना मित्रले भूत देख्नु भएछ, लेनिनको भूत हो कि माओको भूत हो ?’, उनले भनिन्, ‘एकजना मित्रले राजाको जयजयकार गरेको देख्नु भएछ । नेताहरू जिल्ला जाँदा मुर्दावाको नारा लागेको पनि देख्नु भएको होला । यो त ट्रायल मात्र हो, पूरा दृश्य आउनै बाँकी छ ।’

उनले फागुन २५ मा काठमाडौंका मात्रै मान्छे उत्रिएको बताउँदै ७३ जिल्लाका थपिएमा गणतन्त्रवादीहरूले लुक्ने ठाउँ खोज्नुपर्ने बताइन् । ‘अरु ७३ जिल्लाका मान्छे थपिए भने जुन भिड आउँछ, त्यो देखेर तपाईंहरूले लुक्ने ठाउँ खोज्नु होला’, उनले गणतन्त्रवादीलाई भनिन्, ‘नागरिकहरूले आफ्नो कुरा राख्न पाउँछन् ।’

उनले फागुन २५ गतेको भिड गणतन्त्रवादीकै कारण आएको पनि बताइन् । ‘फागुन २५ गतेको भिड तपाईंहरूले, यो नालायक सरकारले बढाएको हो’, उनले थपिन्, ‘तपाईंहरू जति दिन यसै गरी सरकारमा बस्नु हुन्छ, भिड बढ्दै जान्छ । होस गर्नुहोला ।’

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  १ : ५६ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल