पूर्वराजालाई प्रचण्डले भने- लोकतन्त्रभित्रै अधिकार खोज्नू, नत्र गणतन्त्रले आफ्नो शक्ति देखाउँछ « Khabarhub

पूर्वराजालाई प्रचण्डले भने- लोकतन्त्रभित्रै अधिकार खोज्नू, नत्र गणतन्त्रले आफ्नो शक्ति देखाउँछ


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लोकतन्त्रभित्रै अधिकार खोज्न आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधि सभामाको बैठकमा विपक्षी दलको नेताको हैसियतमा बोल्दै उनले भने, ‘लोकतन्त्र जति प्रचण्डको हो, त्यति नै ज्ञानेन्द्र शाहको पनि हो ।’

उनले पूर्वराजा शाहलाई सम्झाउने क्रममा राजसंस्था पुनर्स्थापनाको गलत बाटोमा नजान पनि भने ।

‘लोकतन्त्र जति प्रचण्डको हो, त्यति नै ज्ञानेन्द्र शाहको पनि हो भन्ने मान्यता सबै राजनीतिक दलले राखेका छौँ । यो कुरालाई कमजोरी नठानियोस्,’ उनले भने, ‘संविधानले पनि मान्यता दिएको छ । लोकतन्त्रका मूल्य मान्यता नमानेर असंवैधानिक बाटो रोजिए क्रान्तिले आफ्नो शक्ति देखाउँछ । यो चुनौतीसहित पूर्वराजाले लोकतन्त्रभित्रै ठाउँ खोजेमा हामीलाई आपत्ति छैन ।’

सरकारले आफ्ना कार्यशैली नसुधारे सडकमा प्रतिक्रियवादीहरू अझै सलबलाउने उनले बताए । जनतामा सरकारप्रति वितृष्णा बढेकाले जनचाहानालाई उपेक्षा गर्न नहुने बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  २ : १९ बजे

वर्षमान पुन भन्छन्- जेन-जी आन्दोलन र विध्वंशको जिम्मेवार कांग्रेस–एमाले गठबन्धन र केपी ओली

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले

भारतीय राजदूतावासले मनायो ७७औँ गणतन्त्र दिवस

काठमाडौं- नेपालस्थित भारतीय समुदाय र भारतका मित्रहरूको सहभागितामा काठमाडौंस्थित भारतीय

सिमलताल दुर्घटना : गणपति डिलक्सको बसभित्र एउटा मानव कङ्काल भेटियो

चितवन- तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङबेंसीस्थित त्रिशुलू नदी किनारमा भेटिएको गणपति

मुख्यमन्त्री कार्कीद्वारा सुशासन र असल अभ्यासमा जोड

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन र असल अभ्यासमा