प्रचण्डको आरोप : प्रतिगामीहरू नारायणहिटी पुग्दा पनि सरकार सुध्रिएन « Khabarhub

प्रचण्डको आरोप : प्रतिगामीहरू नारायणहिटी पुग्दा पनि सरकार सुध्रिएन


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामीहरू नारायणहिटी संग्रहालयको गेटैमा पुग्दा पनि सरकारको कार्यशैली नसुध्रिएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभामामा बोल्दै प्रचण्डले सरकारका कार्यशैलीका कारण जनतामा आक्रोशको आगो ज्यामितीय रूपमा बढेको दाबी पनि गरेका छन् ।

‘जनतामा आक्रोशको आगो ज्यामितीय रूपमा बढेको छ । यो लोकतन्त्रविरुद्ध प्रयोग हुने हो कि भन्ने प्रश्न उठेको छ । प्रतिगामीहरू नारायणहिटीको गेटैमा आइपुग्दा पनि सरकार सुध्रिएन’, उनले भने, ‘यसो भएपछि लोकतन्त्र जोखिममा पर्दैन त ? प्रदर्शनमा विदेशीको फोटो पनि देखाए होलान्, प्रदर्शन गरे होलान् । तर म त्यसलाई पहिलो ठान्दिनँ । जो उत्रिए पनि नेपाली नै हो । सरकारले यसलाई जनताको आक्रोशका रूपमा बुझ्नुपर्छ ।’

उनले कांग्रेस-एमालेतिर लक्षित गर्दै प्रतिगामी कदमविरुद्ध पहल नथाली अहंकार गरेर बसेको पनि बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  २ : ३१ बजे

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९