प्रचण्डको आरोप : प्रतिगामीहरू नारायणहिटी पुग्दा पनि सरकार सुध्रिएन | Khabarhub Khabarhub

प्रचण्डको आरोप : प्रतिगामीहरू नारायणहिटी पुग्दा पनि सरकार सुध्रिएन


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामीहरू नारायणहिटी संग्रहालयको गेटैमा पुग्दा पनि सरकारको कार्यशैली नसुध्रिएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभामामा बोल्दै प्रचण्डले सरकारका कार्यशैलीका कारण जनतामा आक्रोशको आगो ज्यामितीय रूपमा बढेको दाबी पनि गरेका छन् ।

‘जनतामा आक्रोशको आगो ज्यामितीय रूपमा बढेको छ । यो लोकतन्त्रविरुद्ध प्रयोग हुने हो कि भन्ने प्रश्न उठेको छ । प्रतिगामीहरू नारायणहिटीको गेटैमा आइपुग्दा पनि सरकार सुध्रिएन’, उनले भने, ‘यसो भएपछि लोकतन्त्र जोखिममा पर्दैन त ? प्रदर्शनमा विदेशीको फोटो पनि देखाए होलान्, प्रदर्शन गरे होलान् । तर म त्यसलाई पहिलो ठान्दिनँ । जो उत्रिए पनि नेपाली नै हो । सरकारले यसलाई जनताको आक्रोशका रूपमा बुझ्नुपर्छ ।’

उनले कांग्रेस-एमालेतिर लक्षित गर्दै प्रतिगामी कदमविरुद्ध पहल नथाली अहंकार गरेर बसेको पनि बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  २ : ३१ बजे

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा