प्रशिक्षणले पार्टीलाई सशक्त बनाउँछ : सभापति देउवा « Khabarhub

प्रशिक्षणले पार्टीलाई सशक्त बनाउँछ : सभापति देउवा


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमले पार्टी संगठनलाई मजबुत बनाउन मद्दत पुग्ने बताएका छन् ।

नेपाली कांग्रेस, केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज धनगढीमा आयोजित प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सभापति देउवाले गाउँ टोलसम्म सम्पर्क बढाएर जनताका सुखदुखमा साथ दिँदै सङ्गठनलाई सशक्त बनाउनमा प्रशिक्षणको भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे । 

उनले भने, ‘चुनाव आउन धेरै समय बाँकी रहेपनि आपसी मतभेद एवं असमझदारी हटाएर पार्टीलाई एकजुट बनाउन सकेमा जितको लहर आउनेछ ।’

पार्टीका उपसभापति एवं केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख पूर्णबहादुर खड्काले प्रशिक्षक प्रशिक्षणपछि पार्टीको नीति, सिद्धान्तका साथै सङ्घीयता र विकासलगायतका विषयलाई प्रभावकारी बनाउन सहयोग पुग्ने बताए। 

उनले हालसम्म पार्टीले चार प्रदेशमा प्रशिक्षण सम्पन्न गरिसकेको जानकारी दिए। प्रशिक्षण दुई दिनसम्म चल्ने जनाइएको छ ।

यसैबीच विश्व खाद्य कार्यक्रम (डब्लुएफपि) अन्तर्गत धनगढी उपमहानगरपालिका–१३ मा निर्मित प्रादेशिक आपतकालीन गोदाम घर आज सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । 

गृहमन्त्री रमेश लेखकले प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई आज उक्त गोदाम घर हस्तान्तरण गरेका हुन् । सो अवसरमा गृहमन्त्री लेखकले जुनसुकै बेला हुनसक्ने जोखिमको विपद् व्यवस्थापन गर्ने पहिलो निकाय स्थानीय सरकार रहेकाले यस्ता गोदाम घर स्थानीय सरकारसँग पनि हुन जरुरी रहेको बताए। 

उक्त गोदाम घर अबदेखि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहत सञ्चालन एवं व्यवस्थापन हुने भएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  २ : ३३ बजे

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत

लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक